रौतहटको परोहा नगरपालिका १ जिंगडा बेलबिछवामा सेफ्टी ट्याङ्कीमा निसासिएर तीन जनाको मृत्यु भएको छ ।

नवनिर्मित भवनको सेफ्टी ट्याङ्कीमा निसारिएर देवाह गोनाही १ करुनिया लक्ष्मीनियाका ३५ वर्षीय नगेसर माझी, परोहा १ जिंगडवा बेलबिछवाका ३५ वर्षीय विजय बैठा र सोही घरका २६ वर्षीय अजय बैठाको मृत्यु भएको हो ।

सेफ्टी ट्याङकीलाई ढलान गरिएको सेन्ट्री खोल्न बिहान करिब १० बजे भित्र छिरेका माझी निसास्सिएर लडेपछि निकाल्न छिरेका अर्का मजदुर बैठा पनि ननिस्किएपछि दुवैको उद्धारका लागि अजय ट्यांकीमा छिरेका थिए । एक्साभेटरको प्रयोग गरी जिवितै उद्धार गरिए पनि उपचारका क्रममा तीनै जनाको गौर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...