tealaya add

ravi vs saroj kantipathnews

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्ष सरोज घिमिरेले राजीनामा दिएको घोषणा गरेका छन् ।

आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष घिमिरेले राजीनामा दिएका हुन् । संचारकर्मी शालिकराम पुडासैनी र अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका रवि लामिछानेका सम्बन्धमा स्वच्छ र निष्पक्ष छानविन होस् भनेर बचाउँ समिति गठन गरिएको थियो । अध्यक्ष घिमिरले शान्तिपूर्ण कार्यक्रमका लागि समिति गठन गरिए पनि व्यक्ति विशेषले आन्दोलनलाई विथोल्ने प्रयास गरेकोले समितिको औचित्य समाप्त भएको बताए ।

घिमिरेले भने–‘शान्तपूर्ण कार्यक्रम संचालन भइरहँदा असान्दर्भिक रुपमा व्यक्ति विशेष र गणतन्त्र माथि नै प्रहार हुन थाल्यो, आन्दोलनलाई कमजोर बनाई भड्काउन थालेपछि मैले समितिमा बस्नुको औचित्य देखिन ।’

उनले समितिका नाममा केहीले व्यक्तिगत फाइदा उठान खोजेको, छानविन कार्यलाई झनै प्रभावित बनाउने खालका उच्छृंखल गतिविधि हुन थालेको बताए ।

रवि लामिछाने बचाउँ संघर्ष समितिको अध्यक्षमा सरोज घिमिरे, उपाध्यक्षमा भरत पोखरेल, तारा बराल, सचिवमा शंकर तिवारी, सह–सचिव कृष्णप्रसाद भुषाल, कोषाध्यक्ष कल्पना श्रेष्ठ, सदस्यहरुमा इश्वर ढुंगाना, अर्जुनप्रसाद अधिकारी, सन्ध्या सापकोटा, सीताराम भट्टराई र सुमन आचार्य रहेका थिए ।

pres list knantipathnews

थप समाचार

पत्रकार शालिकराम आत्महत्या प्रकरण : दुईजनाको बयान सकियो, रविको जारी

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछाने किन मुछिने ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण सीसीटीभीमा देखियो यस्तो फुटेज

 पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट आयो

हेर्नुहोस् शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो ! सार्वजनिक

“रवि दाई मलाई मर्न बाध्य बनाएकोमा तपाईहरुलाई पाप लाग्छ” रविकाे बज्यो खतराको घण्टी !

पत्रकार रवि लामिछानेका दिनगन्ती सुरु

पुडासैनीको मोबाइल डिजिटल ल्याबमा : रिपोर्टका आधारमा रवि र दीपक माथि अनुसन्धान हुने

पत्रकार पुडासैनीको मृत्यु झनै रहस्यमय बन्दै,मृत्युअघि ११ मिनेटको भिडियो रेकर्ड ?

पत्रकार पुडासैनीकाे आत्महत्या बारे जि.प्र.का.चितवनकाे अनुसंधान जारी

माउन्टेन टेलिभिजनका समाचार प्रस्तोता सालिकराम पुडासैनी मृत अवस्थामा भेटिए

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...