gokarna bista

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ लामो समयपछिको हल्लाबिच मन्त्रीपरिषद् पुर्नगठन गरेका छन् । जिम्मेवारी राम्रोसंग बहन गर्न नसकेकादेखि प्रगति हासिल गरिरहेका मन्त्रीहरु समेत हट्नुपरेको छ । हटेका मन्त्रीहरुमा सबैको नजर गोकर्ण विष्टतर्फ सोझिएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा उल्लेखीय प्रगति हासिल गरेका मन्त्री एकाएक कसरी हटे भन्ने सबैको प्रश्न छ । मलेशियाको रोजगारीमा वर्षाैदेखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारिलाई सुरक्षित बनाउने प्रयास गरेका मन्त्री विष्टलाई स्वार्थ समूहको प्रभावमा हटाइएको छ ।

प्रधानमन्त्री ओली समेत विष्टले मलेशिया रोजगारीमा भएको ठगीका विरुद्ध चालेको कदम र त्यसक्रममा विभिन्न व्यक्ति पक्राउ गरेको विषयमा असन्तुष्ट थिए । व्यवसायिहरुकै प्रभावमा परेर सरकारले विष्टलाई हटाउने निर्णय गरेको बताइएको छ ।

गोकर्ण बिष्टका अयोग्यताका कारणहरु :

मलेशिया रोजगारीमा भएको ठगी विरुद्ध गरेको कार्बाही 

म्यानपावर कम्पनीहरुको धरौटी रकम बढाउने निर्णय

मलेशियामा शुन्य लागतमा कामदार पठाउन त्यहाँको सरकारसँग गरेको श्रम समझदारी

प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात

सातै प्रदेशका श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति प्रदान गर्ने सेवा शुरु

सामाजिक सुरक्षा कोषको कार्यान्वयन

नेपालमा पहिलो पटक श्रम अडिटको व्यवस्था 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...