सुजन ढकाल, हेटौँडा - जेठ महिनाको मध्यान्हको रापिलो घाम । त्यो पनि गर्मी महिनामा । सम्झँदै निधार खुम्चिने गर्छ । त्यसैले त जो–कोही पनि गर्मीमा शीतल खोज्ने गर्छन् । हिँड्दा–हिँड्दै हो भने छहारी खोजिन्छ ।

Kantipathnews Recovery Group makawanpur

 

घरमा होस् या कुनै संघ संस्था तथा कार्यालयमा बस्दा जवाफ सजिलै आउँछ पंखा चलाउने या एसी कोठामा बस्ने । यदि यो नभइदिने हो भने तपाईको दैनिकी कार्य कस्तो होला ? मकवानपुर जिल्लालाई लागूऔषध मुक्त क्षेत्र बनाउने अभियानका साथ काम गरिरहेको मकवानपुर रिकभरिङ समूहले हेटौँडामा उदाहरणीय कार्य गरिरहेको छ ।

समूहले हेटौंडामा गर्मी बढेसँगै हेटौँडा अस्पताल बाहिर अप्रेसन कक्ष बाहिर बस्ने बिरामी कुरुवाहरुलाई मध्यनजर गरेर दुई वटा पंखा सहयोग गरेको छ । गर्मी बढेसँगै हेटौंडा अस्पतालमा जाँदा खेरी हामीले त्यहाँ बिरामी कुरुवामा बस्ने बच्चादेखि वृद्ध वृद्धाहरुको अवस्था कठिनाई देख्यौँ र अस्पतालमा गएर पंखा पनि फिट गरेको समूहका प्रबन्ध निर्देशक सन्दिप शाक्यले बताए ।

यस्तै समूहले शुक्रबार हेटौडा–११ नवलपुरमा रहेको सिआन शाखा कार्यालय लागू औषध उपचार केन्द्रलाई ४ थान पंखा सहयोग गरेको छ । ‘सिआन शाखाका प्रमुखले हामीसँग पंखा सहयोग गरिदिनु हुन भनेर आग्रह गर्नुभयो ।

सोही अनुरुप हामीले सहयोग  गरेका हाैँ’– उनले भने । यस्तै आज शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चार थान पंखा सहयोग गर्ने उनको भनाइ रहेको छ । जिल्लामा मकवानपुर रिकभरिङ समूहले लागूऔषध सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...