tealaya add

red

काठमाडौं । धरानमा गत एक महिनादेखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध सरसफाई अभियान सञ्चालन गरेको छ ।

धरानको ८ र १५ नंवर वडा डेँगु संकटग्रस्त क्षेत्र घोषणा भएपछि घरभेट गर्ने, ड्र«ममा जम्मा गरिएका सफा पानीलाई हटाउन सुझाव दिने र टोल आँगन सरसफाई गर्ने जस्ता काममा रेडक्रसका स्वयंसेवकहरु हरेक दिन विहान सक्रिय रहेका छन् ।

“४० जना रेडक्रसकर्मी र स्थानीय बासिन्दा गरी १०० जनाले हातमा कुचो र हसिँया लिएर सरफाईमा जुटेका छौँ, ” धरान स्थित रेडक्रसका अधिकृत शिवराम खड्काले बताए । उनले भने, “१५ नं वडामा विहिबार, ८ नंवर वडामा शुक्रबार र १७ नंवर वडामा शनिवार विहान अभियानकै रुपमा घरदैलो गरियो । नेपाल रेडक्रस सोसाइटीका सभापती उमेश थापा, मन्त्री मुकुल कयस्थ, वार्ड अध्यक्षलगायत शिक्षक, बिध्यार्थी, टोल बिकास संस्थाहरु सक्रिय छौँ ।”

डेंगुको प्रकोप धरानको अतिरिक्त इटहरी, विराटनगर र झापाका शहरी क्षेत्रमा पनि देखा परेको र पाँच सय भन्दा वढी मानिसमा फैलिएको जानकारी आएको नेरेसोका सञ्चार निर्देशक दिव्य राज पौडेलले बताए । अहिलेको डेँगु एशियन टाइगर भनेर चिनिने छिर्केमिर्के, टाटेपांग्रे लामखुट्टेले फैलाएको बताइएको छ ।

८ वटा केश हरु झापामा देखिइसकेको प्रतिवेदन झापा रेडक्रसका सभापति लोकराज ढकालले दिएका छन् । रगतको आपुर्ति गर्नुपर्ने भएमा रेडक्रसले आपत्कालीन भण्डार गरेको ढकालले बताए । त्यस्तै विराटनगरमा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र रेडक्रसलगायतका संस्थाको संयुक्त वैठक गरी सचेतना कार्यक्रम अघि बढाउने सहमति भएकोे मोरङ रेडक्रसका सुवोध सिं ले बताए ।

प्रदेश सरकारका मन्त्रीहरुको समुपस्थितिमा धरानमा वैठक वसेको र नगरपालिका लगायत सरोकारवाला सवै संस्थाहरुले संयुक्त कार्ययोजना बनाई कार्य गरिरहेको धरान रेडक्रसले जानकारी दिएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर