1478958692 banner ad format

 
 

चितवन - भरतपुर महानगरपालिका वडा नं १९ मा पुनः मतदानको हालसम्म गणना भएको एक हजार ६०५ मत समावेश गर्दा नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ५४३ र नेकपा( माओवादी केन्द्र)की रेणु दाहालले ४१ हजार ३१ मत प्राप्त गरेका छन् । 

 Renu Dahal

सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेका अनुसार राप्रपाका बद्री तिमिल्सिनाको छ हजार ६२५ मत पुगेको छ । त्यसैगरी उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४४ हजार ९१५, एमालेकी दिव्या शर्मा आचार्यले ३८ हजार २१६ र राप्रपाकी रिना गुरुङले छ हजार ९८९ मत प्राप्त गरेका छन् । 

 

सो वडामा वडाध्यक्षसहित सबै नेपाली काँग्रेसका सदस्यले अग्रता कायम गरेका छन् । सो वडामा हालसम्म दाहालले ज्ञवालीभन्दा २७२ मत बढी प्राप्त गगरेकी छिन । हालसम्मको परिणाममा भने प्रमुख पदमा ज्ञवाली ५१२ मतले अगाडि छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood