kantipathnews

तीन नम्ब प्रदेशको राजधानी हेटौंडामा गणतन्त्र दिवस बुधबार मनाइएको छ । ३ नम्बर प्रदेश स्तरिय गणतन्त्र दिवस मुल समारोहको आयोजनामा प्रभातफेरी कार्यक्रम गरि दिवस मनाएको हो । प्रभातफेरी हेटौंडाको सिमाचोकबाट बुद्धचोक हुँदै मुख्यमन्त्री कार्यालय परिसरमा सभामा परिणत भएको थियो ।

2

दिवसका अवसरमा मुख्यमन्त्री डोरमणि पौडेलले संघियताले गणतन्त्रको अनुभुती गराएको भन्दै विस्तारै प्रदेश सरकारको अपनत्व जनताले गर्दै गएको बताएका छन् । यस्तै प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले गणतन्त्रमा जनताको अवस्थाबारे समिक्षा गरेर अब राजनीतिक दलहरुले आर्थिक क्रान्ति तिर ध्यान दिनुपर्ने बताए । मुख्यमन्त्री पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाको प्रमुखआतिथ्यता रहेको थियो ।

33दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानीय तहका प्रमुखहरुको उपस्थिती रहेको थियो । यसैगरी नेपाली काँग्रेस मकवानपुरले पनि गणतन्त्र दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

 

 

""""""""""""""""""""""""""""""""""</p>"</p>"

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर