tealaya add

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा पहिराले पुरिएका एक जनाको प्रहरीले उद्धार गरेको छ । प्रहरीले चितवन भरतपुर नगरपालिकाका २१ वर्षीय प्रमोद भण्डारीको उद्धार गरेको हो ।

फाईलम तस्विर

 

जितपुर भन्ज्याङमा पहिरोले परिएका भण्डारीको उद्धार गरि स्थानिय स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका एसपी मुकेश कुमार सिंहले लालखबरलाई बताए ।

वर्षायामसँगै मकवानपुरमा आउने विपदहरुबाट हुने समस्याहरुका लागि तुरुन्त प्रहरीमा खबर गर्नका लागि आग्रह गर्दै एसपी सिंहले जिल्ला प्रहरी कार्यालय, मकवानपुर, प्रदेश प्रहरीसँग समन्वय गरि उद्धारका लागि हरेक स्थानिय तहमा खटिएका प्रहरीहरुलाई निर्देशन समेत दिएको जानकारी दिए ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर