1478958692 banner ad format

 
 

रोल्पा– सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी प्रभावित जिल्ला रोल्पामा पछिल्ला वर्षमा आत्महत्याको दर बढ्दै गएको देखिएको छ । 

District News Rolpa Suicide

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा हरेक महिना कम्तीमा दुईजनाले आत्महत्या गर्ने गरेको देखिएको छ । आर्थिक वर्ष २०७१/७२ मा ४९ जनाले आत्महत्या गरेकामा आर्थिक वर्ष २०७२/७३ मा यो सङ्ख्या वृद्धि भई ६६ पुगेको थियो । 

यसैगरी चालु आथिर्क वर्षको फागुन मसान्तसम्म जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या ४६ रहेको तथ्याङ्कमा उल्लेख छ । आत्महत्याको प्रकृतिअनुसार झुन्डिएर आत्महत्या गर्नेको सङ्ख्या धेरै छ । आत्महत्यामध्ये धेरैले झुन्डिने र विष सेवन गर्ने रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले बताएको छ । 

उमेरको प्रकृतिअनुसार ६० प्रतिशतभन्दा बढी १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । चालु आर्थिक वर्षमा आत्महत्या गर्नेमध्ये पुरुषको सङ्ख्या बढी रहेको छ । गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी तथा घरायसी द्वन्द्वका कारण आत्महत्या हुँदै आएकोमा जिल्लामा सशस्त्र द्वन्द्वबाट प्रभावितले गर्ने आत्महत्याको दर बढ्न थालेको बताइएको छ । 

सशस्त्र युद्धबाट राज्य र विद्रोही पक्षबाट आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक समस्या भोगेका व्यक्तिले लामो समय हुँदा समेत न्याय नपाउँदा विरक्तिएर आत्महत्या गर्न बाध्य हुने गरेका छन् । 

द्वन्द्व प्रभावितका लागि विभिन्न मनोसामाजिक परामर्श दिँदै आएको भएपनि सबै द्वन्द्वपीडितसम्म पुग्न नसक्दा त्यसो हुनसक्ने द्वन्द्वपीडित पूर्ण पुनले बताए । मनोसामाजिक परामर्शका साथै जीविकोपार्जनमा समेत सहयोग नगरे यस समस्या आगामी दिनमा अझै विकराल बन्दै जाने पुनको आँकलन छ । 

प्रकासित मिति

Loading...

 

yummyfood