1478958692 banner ad format

 
 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । 

Kamal Thapa RRP

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठका अनुसार स्थानीय तहकोे निर्वाचन सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने तथा सांसद रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । अघिल्लो दिन बसेको संसदीय दलको बैठकमा अनुपस्थित भएका कारण उहाँहरुलाई स्पष्टीकरण लिन लागिएको हो । 

पार्टीका तर्फबाट व्यवस्थापिका–संसद्मा ३७ सांसद छन् । तीमध्ये पार्टी अध्यक्ष कमल थापा तथा नेता दीपक बोहरा, विक्रम पाण्डे, दिलनाथ गिरी र परशुराम तामाङ सरकारमा सहभागी थिए । 

प्रकासित मिति

Loading...

 

yummyfood