1478958692 banner ad format

 
 

काठमाडौँ -गाइ र हलोको विवाद अझै हल नभएको मात्र होइन कि, यही कारण केही दिनमै राप्रपाको संसदीय दल फेरि चोइटियो भने अचम्म नपर्ने भएको छ।

Kamal Thapa and gyanendra shah min

पहिलो चरणको स्थानीय निर्वाचनपूर्व अध्यक्ष कमल थापा चुनाव खर्च जोहो गर्न पशुपतिसमशेरकहाँ पुगेका थिए। खाँचो थियो, दुई करोडको। पशुपतिले त्यतिबेलै भनेका थिए, ‘हलो चिह्न नलिएको कारण हाम्रो हार हुँदैछ।

हार्ने चुनावको लागि किन पैसा दिने ?’ र दिएनन् पनि। यसपछि विभिन्न दाताबाट संकलन गरिएको रकबाट राप्रपाले जिल्ला समिति अध्यक्षमार्फत रकम पठायो। एक निर्वाचन क्षेत्र भएको जिल्लामा ५० हजार, दुई क्षेत्र भएकोमा एक लाख, तीन भएकोमा डेढ र चार क्षेत्र भएकोमा दुई लाखका दरले रकम पठाइएको थियो। तर,यति गर्दा पनि उम्मेदवारहरु पैसा पुगेन भन्दै कोषाध्यक्ष उद्धव पौडेललाई हैरान खेलाइरहेका थिए।

निर्वाचनपछि कार्यसम्पादन समितिको बैठकमा कमल थापाले पूर्वराजाबाट सहयोग नपाएको गुनासो राखे। भने, ‘हामीलाई दु:ख दिए। पार्टी पनि उनैले फुटाए । सहयोग गरेनन्, पैसा पनि दिएनन्।’ तर, पशुपतिसमशेरले कमलको कुरा अस्वीकार गर्दै चुनाव हार्नुको कारण अन्यत्र खोजेर नहुने, हलो चिह्न नलिनुबाहेका कारणतिर नजाऔँ भने।

उनको जिकिर थियो, तमलोपाको हलगोरुतिर धेरै भोट गयो। हलो भएको भए त्यस्तो हुँदैनथ्यो । यसरी विवाद चुलिँदै गएपछि पशुपतिसमशेर अहिले संसदमा रहेका आफू निकटस्थ सांसदहरुसंग नियमित भेटघाटमा छन्।

संसदीय दलमा ४० प्रतिशत सदस्य पुर्याएर अर्को पार्टीको दर्ताको तयारीमा उनी लागेको राप्रपावृतमा चर्चा छ। पहिले उनका तर बीचमा कमल थापातिर लागेका विक्रम पाण्डे, दीपक बोहोरा, सुनील थापाहरु अहिले पशुपतिसमशेरसंग नजिक रहेको आजको जनआस्था साप्ताहिकमा छापिएको छ।

प्रकासित मिति

Loading...

 

yummyfood