annapurna add

Chaujhari ghatana

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा छ साताअघि भएको घटनामा बञ्चरोले हानेर ६ जनाको हत्या गरी भेरी नदीमा फालिएको निष्कर्ष संसदीय समितिले निकालेको छ। घटनाबारे छानबिन तथा अनुसन्धान गर्न गठित संसदीय विशेष समितिले मृतक युवाहरुलाई समातेर एकपछि अर्को बञ्चरोले हानेर हत्या गर्दै खोलामा फालिएको भन्दै प्रतिवेदन तयार पारेको हो।

मंगलबार नौ सदस्यीय छानबिन समितिका तर्फबाट संयोजक देवेन्द्र पौडेलले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको प्रतिवेदनमा घटनाको मुख्य कारण अन्तरजातीय विवाह नै भएको उल्लेख छ। समितिका एक सदस्यका अनुसार हत्या सामूहिक र योजनाबद्ध भएको निष्कर्ष समितिले निकालेको छ। प्रतिवेदनमा उल्लेख भएको बुँदा उल्लेख गर्दै ती सदस्यले भने, ‘घटनाको मुख्य कारण अन्तर जातीय विवाह नै हो। ६ जना युवालाई सामूहिक र योजनाबद्ध रुपमा हत्या गरिएको हो। बञ्चरोले हानेर मारिएको रहेछ। आधा घण्टाभित्र उनीहरुलाई मारेर भेरीमा फालिएको हो।’

समितिमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाली स्नेही, विमला विक, पार्वतीकुमारी विशुंखे, महेश्वर जंग गहतराज, मीन विश्वकर्मा र राम साहायप्रसाद यादव रहेका छन्। समितिलाई दिइएको ३० को समय अवधिभित्रै प्रतिवेदन बुझाएको हो।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...