1478958692 banner ad format

 
 

लुम्बिनी। रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा सङ्घीय समाजवादी फोरमले जित हात पारेको छ । 

Rupandehi Gaidahawa and Rohini Forum win

गैडहवामा सङ्घीय समाजवादी फोरमका अध्यक्षका उम्मेदवार बच्चु केवटले पाँच हजार ४१५ मत ल्याएर विजयी बनेका छन् । त्यस्तै उपाध्यक्षमा पनि फोरमकै शोभावती यादवले चार हजार ९७५ मत ल्याएर विजयी भए  । 

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बसीउल्लाह मुसलवानले अध्यक्षमा तीन हजार २७६ र उपाध्यक्षमा मञ्जु न्यौपानेले ३२९ मत ल्याएकि थिइन् त्यसैगरी रोहिणी गाउँपालिकामा पनि सङ्घीय समाजवादी फोरमले जित हासिल गरेको छ । फोरमका सनोजकुमार यादवले तीन हजार ७६० मत ल्याएर गाउँपालिका अध्यक्ष बने । यादवले राप्रपाका ताहिर वलीलाई २१८ मतले पछाडि पार्दै विजयी भएका हुन्। राप्रपाका ताहिर वलीले तीन हजार ५४२ ल्याए । 

उपाध्यक्षमा भने राप्रपाका श्रीकान्ती चमार विजयी भईन । चमारले तीन हजार ४९६ मत ल्याएकि छिन। उनकी निकटतम प्रतिद्वन्द्वी फोरमकी रिमा मिश्राले तीन हजार ४५० मत ल्याएकि छिन् । 

प्रकासित मिति

Loading...

 

yummyfood