1478958692 banner ad format

 
 

लुम्बिनी । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरमले विजय हासिल गरेको छ । 

Rupandehi Gaidahawa and Rohini Forum win

रुपन्देहीका १६ वटा स्थानीय तहमध्ये लोकतान्त्रिकको यो पहिलो जित हो । सम्मरीमाईमा लोकतान्त्रिक फोरमका जीतेन्द्रनाथ शुक्लाले तीन हजार ६६ मत ल्याएर विजय भएका हुन् । 

उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँगे्रसका विनोद श्रीवास्तवले दुई हजार १९६ मत ल्याए । राजपाका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका अजय शुक्लाले तेस्रो स्थानमा चित्त बुझाउनु प¥यो । 

उपाध्यक्ष भने काँग्रेसले जितेको छ । काँग्रेसकी कुमारी प्रियंका शाही सिंहले दुई हजार ८१६ मत ल्याएर विजयी भईन । उनकी निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरमकी कमलावती अहिरले दुई हजार १५० मत ल्याएको निर्वाचन अधिकृत कमल पन्थीले जानकारी दिए ।

प्रकासित मिति

Loading...

 

yummyfood