sss

काठमाडौँ - नेपाली काँग्रेसको अवरोधले प्रतिनिधिसभा बैठक मङ्गलवारसम्मका लागि स्थगित भएको छ । नेपाली काँग्रेसका सांसदहरूले गरेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आज १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर सहमतिको प्रयास गर्दा पनि नेपाली काँग्रेसले अवरोध गर्ने अडान राखेपछि संसद् सचिवालयले भोलीसम्मका लागि बैठक स्थगित भएको सूचना सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौँको माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरीले ज्यादतीपूर्ण रूपमा आन्दोलनकारीलाई बल प्रयोग गरेको भन्दै काँग्रेस सांसदहरूले गृहमन्त्रीको जवाफ मागेका थिए । संसद्मा गृहमन्त्री रामबहादुर थापा बादल अनुपस्थित भएपछि काँग्रेस सांसद मिनेन्द्र रिजालले तत्काल जवाफ चाहियो भन्दै विरोध जनाएका थिए ।

सांसदहरूको निरन्तर विरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि स्थगित भएको जानकारी दिएका थिए । यसैबिच राष्ट्रिय सभामा काँग्रेसको अवरोध भने हटेको छ । चालु बैठकमा गृहमन्त्रीलाई जवाफ दिन बोलाउने सभामुखको प्रतिबद्धता पछि अवरोध खुलेको हो।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर