annapurna add

sagarmathaकाठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्न स्वीकृति प्रदान गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणा मंगलबार बसेको बैठकले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको एक मन्त्रीले जानकारी दिए ।

स्रोतका अनुसार सागरमाथाको उचाई बढेको छ ।

 हाल सगरमाथाको उचाइ ८८४८ मिटर छ ।

इतिहास
तत्कालिन ब्रिटिश इण्डियामा सर्वेक्षकका रुपमा कार्यरत रहेका भारतीय सर्वेक्षण विभागका राधानाथ सिकधरले गणितीय विवरण तयार पारी सन् १८४९ मा सगरमाथाको उचाइ पहिलो पटक पत्ता लगाएको बताइन्छ।

भारतीय सर्वेक्षकहरुले सुरुमा सन् १८४७ मा दार्जिलिंग नजिकैबाट पहिलो पटक सगरमाथा देखेपछि यो विश्वको अग्लो हिमाल हुनसक्ने आँकलन गरेको बताइन्छ।

तर गणितका विद्वान कलकत्ताका सिकधरले पत्ता लगाएको उक्त जानकारी थप पुष्टी गरी सन् १८५६ मा उसबेला 'पिक फिफटिन' भनिने सगरमाथाको उचाइ ८,८४० मिटर घोषणा गरियो।

त्यसै बेला सिकधरका हाकिम रहेका तत्कालीन सर्वेयर जेनरल अफ इण्डिया कर्णेल एण्ड्रयु वाले आफ्ना पूर्ववर्ती एवं प्रख्यात सर्वेक्षक जर्ज एभरेष्टको नाममा सगरमाथालाई 'माउन्ट एभरेष्ट' नामाकरण गरेका थिए।

त्यस यता सगरमाथाको उचाइ मापन गर्न विभिन्न अध्ययन गरिएपनि अहिले मान्यता दिइएको ८८४८ मिटरको उचाइ भने सन् १९५५ मा नापिएको थियो।

त्यस यता सगरमाथाको उचाइ थप बढेको भन्दै दाबी गरिएका थिए र दुई वर्षअघि नेपालमा गएको शक्तिशाली भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने आँकलन गरिंदै आएको थियाे।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...