samata

सय रुपैयाँमा नागरिकको उपचार गर्दै चर्चामा आएको बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको झुण्डिएको अवस्थामा फेला परेककी छन् ।

सोही अस्पतालमा क्लिनरको रुपमा कार्यरत २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेपछि उनका आफन्तहरुले अस्पताल परिसरमा तोड्फोड गरेका छन् ।

रामेछापको दोरम्बा घर भएकी विमला केही समयदेखि उक्त अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । मृतक तामाङका आफन्तले अस्पतालमा तोड्फोड गरेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिएको थियो ।

अस्पताल प्रशासनका कुमार बास्तोलाले भने भीडले आफूहरुलाई अस्पताल परिसरभित्र जान नदिएको हुँदा आफ्नै कर्मचारी झुण्डिएको हो कि अरु नै भन्ने कुरा यकिन नभएको बताएका छन् ।
अहिले बौद्ध प्रहरीले भीडलाई नियन्त्रण लिने काम भइरहेको हुँदा प्रहरीको अनुसन्धान पछि नै सत्यतथ्य जानकारी हुने बास्तोलाले बताएका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर