Hidden
सुरक्षा व्यवस्था थप बलियो बनाउन सरकारलाई आग्रह
काठमाडौं – निर्वाचन आयोगले सुरक्षा व्यवस्था थप बलियो बनाउन सरकारलाई आग्रह गरेको छ । पछिल्ला दिनमा चुनाव विथोल्ने मनशायका साथ भइरहेको विभिन्न घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले सुरक्षा सतर्कता थप बलियो बनाउन आग्रह गरेको हो ।
आयोगले शुक्रबार विज्ञप्ति निकालेर सरकारको चुनावी सुरक्षा योजनाप्रति आयोग विश्वस्त रहेको भए पनि विभिन्न ठाउँमा भएका घटनाका कारण उम्मेदवारहरुले शान्तिपूर्ण रुपमा प्रचारप्रसार गर्नमा वाधा पुगेको जनाएको छ । त्यस्तै चुनाव विरोधी गतिविधिहरु सञ्चालन नगर्न, नगराउन पनि आयोगले सबै सरोकारवालाहरुलाई आयोगले आग्रह गरेको छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...