annapurna add

ओली सरकारको चौतर्फी विरोध भएपछि पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ ।

प्रधानमन्त्रीलाई थापाको चेतावनी : पौडेलको गिरफ्तारी तपाईँका लागि निकै महँगो पर्नेछ

कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ परेपछि सभापति देउवाले निकाले यस्ताे विज्ञप्ती

तनहुँले जारी गरेको निषेधाज्ञा कांग्रेस वरिष्ठ नेता पौडेलले तोडेपछि, अनि प्रहरीले पक्राउ गर्याे

प्रहरीले किन समात्यो कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई ?

ramcndraजिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो ।

पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पौडेलसहित आफूहरुलाई रिहा गरिएको बताए ।

तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्न पौडेल गएका हुन् ।

‘पौडेलले निषेधाज्ञा तोडेपछि’ तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने, ‘निषेधाज्ञा तोड्दा उहाँलाई खतरा देखिएको हुनाले नियन्त्रणमा लिएका हौं ।’

कोभिड–१९ जोखिमले गर्दा कार्यक्रम नगर्न नेपाली कांग्रेसलाई पटक–पटक आग्रह गरेको तर नमानेपछि झडपको स्थिति आउन नदिन निषेधाज्ञा जारी गरिएको प्रजिअ आचार्यले बताए ।

पुल उद्घाटन गर्न रामचन्द्र पौडेल जाने भएपछि सो विषयलाई लिएर राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्ने तयारी गरेको थियो ।

सम्भावित झडप रोक्न भन्दै बुधवार १२ बजेदेखि ६ बजेसम्म व्यास नगरपालिकाको वडा नम्बर–१ र १० स्थित चारकिल्ला क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

संक्रामक रोग ऐन ०२० र स्थानिय प्रशासन ऐन०२८ अनुसार प्रमुख जिल्ला अधिकारीले परिस्थिति विश्लेषण गरेर निषेधाज्ञा जारी गर्न सक्ने कानुनी व्यवस्था छ ।

hnn

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...