serving humanity sahayogकोटेश्वरस्थित हिमालय कलेजमा सामाजिक कार्य (बिएसडब्लु) अध्यापन र अध्यनरत व्यक्तिहरुको समूह ले चितवन जिल्लास्थित चुम्लिंगटारमा चेपांग समुदायलाई न्यानो कपडा वितरण गरेको छ । उनीहरु Spreading warmth with Serving Humanity भन्दै चितवन पुगेका थिए । केहि वर्ष अगाडी सामाजिक कार्यको लागि आफ्नै अग्रसरतामा स्थापना गरेको सर्भिंग ह्युमनिटी नामक संस्था मार्फत सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । यो वर्ष अत्याधिक जाडो बढेको र मानविय नाताले आफुहरुले सानो सहयोग गरेको कार्यक्रममा सहभागी सामाजिक कार्यका लेक्चर नरेन्द्र साउदले बताए । हिमालय कलेज सामाजिक कार्य बिभाग प्रमुख प्रतिमा भट्टले कपडा हस्तान्तरण गर्दै चेपांग समुदायका अभिभाबकलाई आफ्ना बालबालिकालाई पढाईमा जोड्न पनि अनुरोध गरेकी थिईन ! 

सर्भिंग ह्युमनिटीले विभिन्न व्यक्ति, संस्था र स्रोत मार्फत ३५ बोरा भन्दा बढी कपडा संकलन गरेर वितरण गरेको थियो, जसबाट करिब २०० भन्दा बढी व्यक्तिलाई लाभ पुगेको कार्यक्रममा सहभागी सामाजिक कार्यकी छात्रा सिमा आचार्यले जानकारी दिइन । यो कार्यक्रम निरन्तर आगामी वर्षमा पनि संचालन गरिने जसका लागि सबैलाई एक हुन विनयराज सत्यालले अनुरोध गरे । चिसोका कारण निरन्तर बालबालिकाको मृत्युको खबरले आफुहरुलाई यहाँ सम्म ल्याएको एलिना श्रेष्ठको भनाइ छ पढाई र ब्यबहारमा ठुलो अन्तर छ, त्यसैले यस्ता कार्यक्रमले समाज र सिद्धान्तलाई जोड्न मद्धत पुग्ने उनको ठहर छ । 

सहभागी सुष्मा न्यौपाने भन्छिन ' सहयोग भन्दा ठूलो अरू कुनै धर्म हुदैन, मन्दिर धाउनु पर्दैन दुखी हरुलाइ सेवा गरे। जसरी पानीमा सुर्यको किरण पर्दा दोब्बर उज्यालो किरण फर्कन्छ त्यसरी नै माया बाड्दा दोबर माया पाईन्छ ' । सामाजिक कार्य नै अध्ययन गरिरहेका नबिन बस्नेत भन्छन ' मानब त सबै हुन्छन तर सामाजिक कार्यले मानविय बन्न सिकाउदो रहेछ'। कार्यक्रममा स्थानिय जनता, बुद्दिजिवि, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको उत्साहजनक सहभागिता रहेको थियो । उनीहरुले सहभागी सर्भिंग ह्युमनिटीलाई न्यानो स्वागत र बिदाई गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...