sex sex kantipathnewsएजेन्सी । एक महिलाको हत्या गरी शवलाई बलात्कार गरेको आरोपमा एकजनालाइ पक्राउ गरेकाे छ। भारतको उत्तर प्रदेशस्थित लखीमपुर खिरी जिल्लामा उक्त घटना भएको र त्यसमा संलग्नताको आरोपमा एक व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अधिकारी पुनमलाई उधृत गर्दै हिन्दूस्तान डटकमले हैदरावादको एक गाउँको खेतमा शव वरामद भएको जनाएको छ । उक्त प्रकरणमा संलग्नताको आरोपमा गंगाराम नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको जनाइएको छ । ती व्यक्ति सुन्न र बोल्न नसक्ने रहेको पनि समाचारमा उल्लेख छ । विशेषज्ञको सहयोगमा उनको बयान लिइएको र उनले आरोप स्वीकार गरेको बताइएको छ ।

प्रहरीका अनुसार अक्टोबर ११ मा एक महिलाको अर्धनग्न शव बरामद भएको थियो । पोष्टमार्टमका क्रममा उनको घाँटी थिचेर हत्या भएको र उनीमाथि बलात्कार भएको खुलेको थियो ।

प्रहरीका अनुसार ती महिला बैंकबाट पैसा निकालेर फर्कंदै गर्दा गंगाराम खेतमा काम गरिरहेका थिए ।

प्रहरीले आरोपीलाई विशेषज्ञको सहयोगमा गरिएको सोधपुछमा गंगारामले ती महिला एक्लै देखेर उनीमाथि आक्रमण गरेको र सारीले गला दबाएर हत्या गरेको स्वीकार गरेको बताएको छ । त्यसपछि उनले आफूले शवमाथि बलात्कार गरेको पनि स्वीकार गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...