annapurna add

एजेन्सी । यौँ अर्थात सेक्स । यो शब्द सुन्न पनि मानिसले अनौठो मान्छन् । धेरै बोल्न सक्दैनन्, केहीले यस बारेमा थाहै नपाए झै गर्छन् । केही केही मुख नै लुकाउन थाल्छन् ।

girl sexrwomanFile photo

शारीरिक सम्बन्ध भन्ने कुरा नै जटिल बनेपछि यौन अर्थात सेक्सका विषयमा चर्चा गर्नु पनि असामान्य हुन्छ । यसलाई सजिलोसँग भन्न पनि सकिदैन ।

विश्वमा जति प्रकारका मानिसहरु छन्, त्यति नै प्रकारका उनीहरुका शारीरिक चाहनाहरु पनि छन् । त्यो भन्दा पनि बढि उनीहरुको सेक्सप्रतिको अपेक्षा र कल्पनाहरु छन् ।

हरेक देश, स्थान, यहाँसम्म कि हरेक मानिसको शारीरिक सम्बन्धप्रतिको चाहना भिन्दा भिन्दै हुन्छ । जुन विषय यति धेरै जटिल छ, त्यसमा सामान्य यौन सम्बन्ध के हो रु भन्ने कुरा बताउन अझ कठिन छ ।

सेक्सको बारेमा मानिसहरुको रुचीको क्षेत्रफल यति अलग छ, ठोस रुपमा कुनै नतिजामा पुग्नै सकिंदैन ।

यौन जीवन भनेको के हो ?

यो प्रश्नको जवाफ खोज्नका लागि यहाँ केही तथ्यांकको सहयोग लिएर एउटा नतिजामा पुग्ने कोशिश गरिएको छ । जस्तै हामीले कति सेक्स गर्नु आवश्यक छ अथवा हामी ओछ्यानमा आफ्नो साथीसंग कस्तो किसिमको व्यवहारको अपेक्षा गर्छौं ?

हाम्रो कोशिशको नतिजा बताउनु अगाडि यो एउटा सम्भावित अनुमान मात्र हो, कुनै ठोस नतिजा होइन भन्ने कुरा बुझ्नु पर्छ ।

खुल्ला समाजमा बसोबास गर्ने मानिसहरु पनि सेक्सको बारेमा खुलेर कुरा गर्न हिच्किचाउँछन् । केही मानिसहरु वास्तविकतालाई लुकाउन खोज्छन् भने केहीले वास्तविकताको रुपमा झुठो दावीलाई बढाइ-चढाइ प्रस्तुत गर्छन् ।

हाम्रो यी तथ्यांकहरुलाई तपाईं एउटा औसत अनुमानको रुपमा हेनुहोस् । कुनै सर्वेक्षणले सेक्सको बारेमा ठोस नतिजामा पुग्न सकिंदैन ।

पहिलो प्रश्न: हामी कति धेरै यौन सम्बन्ध राख्न चाहन्छौ ?

यसको जवाफमा हामीले जुन तथ्यांकमा ध्यान दियौं, त्यस अनुसार सेक्स भन्ने कुरा भिन्दा-भिन्दै मानिसहरुमा फरक-फरक आवश्यकता रहेको पाइयो । तर संसारमा केही त्यस्ता मानिसहरु पनि छन्, जसलाई सेक्सको कुनै आवश्यकता नै महसुस हुँदैन ।

तर यस्तो तथ्यांक कुल जनसंख्याको शून्य दशमलव चार प्रतिशतदेखि शून्य दशमलव तीन प्रतिशतसम्म हुन सक्छ । त्यसो त मूलभूत रुपमा विशेषज्ञहरु के भन्छन् भने करीव एक प्रतिशत मानिसहरु सेक्समा रत्तिभर रुचि राख्दैनन् । त्यो त ती मानिसहरुले पनि कुनै न कुनै क्षण यौन सम्बन्ध राखेका हुन्छन् ।

त्यसपछि आउँछ समलैंगिक सम्बन्धप्रतिको रुचि । एउटा ठुलो अनुमानका अनुसार संसारभरीमा करीव १५ प्रतिशत मानिस समलैंगिक सम्बन्ध राख्न चाहन्छन् । त्यस्तो प्रकारको सम्बन्ध राख्न चाहनेमा महिला र पुरुष दुबै बराबर छन् ।

यी तथ्यांकहरु समेत तपाईंको प्रश्नको हिसाबले परिर्वतन हुन सक्छन् । वास्तवमा यदि तपाईंले आकर्षणलाई लक्ष्य बनाउनु हुन्छ भने अर्कै जवाफ पाउनु हुनेछ । पहिचानको कुरा गर्ने हो भने अलग्गै आँकडा पाउनु हुनेछ । समलैंगिक व्यवहारको कुरा गर्ने हो भने यो आँकडा पुनः परिवर्तन हुन्छ । बीबीसी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर