annapurna add

sankarapur police hon

शंखारापुर नगरपालिकाले शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणमा उल्लेखनीय कार्य गरेको भन्दै प्रभाग प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीलाई नगद २५ हजार र प्रशंसा पत्र सहित सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच शंखारापुर नगरपालिकाका प्रमुख सुबर्ण श्रेष्ठले सम्मान पत्रले सम्मानित गरेका हुन् । विश्वब्यापी कोरोना भाईरसको नियन्त्रणमा नगरपालिकासंग उनले गरेको समन्वय पनि उत्कृष्ट भएको प्रमुख श्रेष्ठले बताए । उनी यो भन्दा अगाडी प्रहरी बृत्त बौद्ध, परिसर काठमाडौ र महानगरिय प्रहरी कार्यालय रानिपोखरीले समेत सम्मान गरेका काबिल प्रहरी हुन् ।

उनी प्रभाग साखु मा आए पछि १४ महिनाको अबधी मा कुनै चोरी का घटना नघटेको र घटित घटनामा समेत उनले तत्कालै कानुनी दायरामा ल्याउन सफल हुँदै उनी स्थानिय को हृदय मा बस्न सफल भएका थिए। उनको हालै मानव बेचबिखन ब्युरोमा सरुवा भएको छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...