annapurna add

shankarapur 1 policeशंखरापुर नगरपालिका साक्षर घोषणा भएको छ। आइतबार पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट शंखरारपुरलाई साक्षर घोषणा गरिएको हो।

नगरपालिकाका शिक्षा शाखा प्रमुख बौद्धराज निरौलाका अनुसार नगरपालिकाका ९६.५ प्रतिशत जनता साक्षर भएका छन्। शंखरापुर नगरपालिकामा २७ हजार २ सय जनसंख्या छ।

नगरपालिकाले पछिल्लो तीन महिना सञ्चालन गरेको २५ वटा कक्षाबाट थप तीन सय ५८ जनालाई साक्षर बनाउन सकिएको निरौलाले जानकारी दिए।

Shankharapur Municipality in Nepalबाँकी करिब एक हजार जनालाई साक्षर बनाउन निरन्तर कक्षा सञ्चालन हुने उनले जानकारी दिए। शंखरापुरसँगै काठमाडौँका ६ वटा नगरपालिका साक्षर घोषणा भएका छन्। प्रदेश ३ को १३ जिल्लामध्ये साक्षर घोषणा हुन काठमाडौँ मात्र बाँकी रहेको छ।

सरकारले २०७६ सालभित्र देशलाई साक्षर घोषणा गर्ने योजनाअनुसार अघि सारेको छ। जसअनुसार अहिलेसम्म ५३ वटा जिल्लालाई साक्षर घोषणा गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए।

उक्त कार्यक्रम को सभापतित्व गरेका शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले यो क्षेत्रलाई पर्यटकीय क्षेत्र र सांस्कृतिक क्षेत्र बनाउन सके यस क्षेत्रका जनताको मुहार फेरिने बताए ।

शंखरापुर नगरपालिका क्षेत्रमा शान्तिसुरक्षा भरपर्दो रहेकाे कुनै घटना नभएकाे गर्न खोज्दा हुने रहेछ भन्ने गतिलो उदाहरण यसपटक प्रहरी प्रभाग साखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले दिएकाे श्रेष्ठले बताए । 

पन्थीलाई  धन्यबाद दिदै एक ८० बर्षका बृद्द  कार्यालय मै गएर पहिलाकाे भन्दा धेरै राम्रो सुरक्षा भएको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर