बझाङ । बझाङको छविस पाथिभेरा गाउँपालिकाको वडा नम्वर ५ मा परियोजनाको सिकाई परिर्वतन कार्यक्रम सम्वन्धी गोष्ठी सम्पन्न भएको छ । 

Sheetal Snehiजिल्लाको छविस पाथिभेरा गाउँपालीकामा दलित सहयोग समाजको व्यावहार परिर्वतन कार्यक्रम विगत ५ बर्ष देखी संञ्चालनमा आएको थियो । छविस पाथिभेरा गाउँपालिका वडा नम्वर ५ मा कार्यक्रम सम्पन्न गरिएको छ । र्काक्रममा वडा नम्वर ५ का अध्यक्षको अध्यक्षतामा सुरुभएको कार्यक्रका प्रमुख अतिथि छविस पाथिभेरा गाउपालिका उपाअध्यक्ष राधिका रताला रहेकी थिइन् सम्पन्न पारिएको कार्यक्रममा संस्थाले गरेका कामहरुको बारेमा बर्णन गदै विभिन्न समूहहरु उपस्थित रहेका थिए । कार्यक्रममा आमा समुह दाजुभाई समुह किशोर किशोरी संञ्जाल, युवा संञ्जाल पत्रकार संञ्चारक्रर्मी सुरक्षाक्रर्मी लगायतको उपस्थीति रहेको थियो । 

परियोजनाको सिकाई आदान प्रदान र समापन गोष्ठीमा विभिन्न समुहले समाज रुपान्तरण भएको बताए । संगै देशको चौथो अङगको रुपमा रहेको पत्रकार जगतले समाज रुपान्तरणमा कलम चलाएको र संस्थालाई थप साहेता दिदै समाचार सम्प्रेशण गरेको भन्दै दलित सहयोग समाजले आयोजना गरेको कार्यक्रममा छविस पाथिभेरा गाउँपालीका उपाध्यक्ष राधिका रतालाद्वारा रेडियो खप्तड आवाजमा कार्यरत पत्रकार शितल स्नेहीलाई दोसल्लासहित प्रमाण पत्रले सम्मान गरिएको हाे । 

Sheetalरेडियो खप्तड आवाजले बझाङमा भएका हेरक घटना दुर्घटनालाई मध्ये नजर गर्दै सत्य समाचार संप्रेषण गर्दै आई रहेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...