1478958692 banner ad format

 
 

डडेल्धुरा -  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छैटौं पटक आफ्नो जन्मथलो रुवाखोलाबाट मतदान गर्दै हुनुहुन्छ । 

विसं २०४८ यता भएका सबै निर्वाचनमा अशिग्राम माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएका प्रधानमन्त्री देउवा यस पटकको निर्वाचनमा पनि सोही केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ । 

प्रधानमन्त्री देउवाले अक्षर आरम्भसमेत तत्काल रहेको अशिग्राम प्रावि (हालको मावि) बाट नै गरेको उहाँका आफन्तजनको भनाइ छ । 

प्राविसम्म रहेको सो विद्यालयलाई माविसम्म पु¥याउन प्रधानमन्त्री देउवाले नै पहल गर्नुभएको स्थानीय चेतराज भट्टले जानकारी दिनुभयो । 

प्रधानमन्त्री देउवासँगै उहाँकी धर्मपत्नी तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका डा आरजु देउवा राणाले पनि सोही मतदानस्थलबाट मतदान गर्ने प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताउनुभयो । 

प्रकासित मिति

Loading...

 

yummyfood