1478958692 banner ad format

 
 

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री शिव भुर्तेलको निधन भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान दिएका भुर्तेलको बुधबार राति अमेरिकामा निधन भएको हो । 

अमेरिकाको कोलोराडो मेडिकल कलेजमा क्यान्सरको उपचार गराइरहनुभएका भुर्तेलको बुधबार राति पौने ९ बजे निधन भएको नेविसङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । 

भुर्तेलको निधनले नेपाल विद्यार्थी सङ्घ, नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको महरले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood