1478958692 banner ad format

 
 
काठमाण्डौ । ओशो तपोवनबाट बन क्षेत्रको अतिक्रमण भएकोले उसलाई दिइएको वन फिर्ता गर्ने प्रक्रिया अघि बढेकै बेला वन मन्त्रालयले चिफ वार्डेन कमलजंग कुँवरलाई शिवपुरी–नागार्जुन निकुञ्जको प्रमुखबाट हटाएको छ । कुँवरले निकुञ्ज व्यवस्थापनमा गरेका काम अब्बल भएकाले तत्काल हटाउन नहुने वन मन्त्रालयका सचिव विश्वनाथ ओली र निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले अडान लिएका थिए । 
उनीहरूको अडानकै बीच कुँवरको सरुवा गरिएको छ । वनमन्त्री शक्तिबहादुर बस्नेतले बाँके निकुञ्जमा प्रमुख रहेका डिलबहादुर पुर्जा पुनलाई शिवपुरीमा प्रमुख बनाउने अडान राखेका थिए । त्यसपछि मन्त्रालयले मंगलबार कुँवरलाई विभागमा सरुवा गरी पुनलाई ल्याएको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood