annapurna add

Astha Raut is a singer from Nepal kantipathकाठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँच गर्ने क्रममा विवादमा तानिएकी गायिका आस्था राउतलाई आज (सोमबार) पक्राउ गरेको छ ।

गायिका आस्था राउतलाई प्रहरी जवानको कस्ताे छ पत्र !

यही माघ १ गते विमानस्थलमा सुरक्षा जाँचका विषयलाई लिएर महिला प्रहरी रमिता श्रेष्ठ र गायिका राउतबीच विवाद भएको विषयलाई गायिका राउतले नै भिडियोसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।

यसै विषयमा महिला प्रहरी श्रेष्ठले मुख खोल्दै राउत विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा अभद्र व्यवहार विरुरद्ध उजुरी दिएकी थिइन् ।

Breaking : गायिका आस्था राउत पक्राउ

पहिले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी राउतले पछिल्लो पटक भने आफूलेनै गल्ति गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफि माग्दै आएकी छन् ।

महिला प्रहरी श्रेष्ठले दिएको उजुरीको आधारमा गायिका राउतले महानगरीय प्रहरी परिसर काठमाडौंले सोधपुछका लागि बोलाएको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीले राउतलाई आफन्तले नै कार्यालयमा उपस्थित गराएको बताए ।

गायिका आस्था राउत फरार, पक्राउ पुर्जी जारी

कार्यालयमा उपस्थित पछि राउतलाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।

राउतलाई प्रहरीले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौं उपस्थित गराउने स्राेतकाे भनाइ छ ।

गायिका आस्था राउत आजै रिहा हुने स्राेतकाे दाबी छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर