1478958692 banner ad format

 
 

लहान । सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

 

सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाकाअनुसार जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९ ओटा अतिसंवेदनशील र ८४ ओटा संवेदनशील रहेका छन् भने २६ ओटा मतदानस्थलमात्र सामान्य अवस्थाका रहेका छन् ।

तेस्रो चरणअन्तर्गत् आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाका हरेक मतदानस्थलमा उच्चसुरक्षाको व्यवस्था गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

भारतीय सीमासँग जोडिएका स्थानमा रहेका मतदानस्थलमा हुनसक्ने आपराधिक तथा उच्छृंखलकार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood