1478958692 banner ad format

 
 

काठमाडौं- प्रदेश नम्बर २ मा स्थानीय तहको चुनावी सरगर्मी बढेको छ। यसपटक सिरहा जिल्लाको सिरहा नगरपालिकाको मेयर र उपमेयरमा चार जना डाक्टर उम्मेदवार छन्।

Siraha Municipality doctor candidates
बिरामीको सेवामा खटिरहेका डाक्टर जनताको घर–घरमा भोट माग्न हिँडिरहेका छन्। नगरपालिकाको मेयरमा तीन जना डाक्टर र उपमेयरमा एक जना डाक्टरले उम्मेदवारी दिएका छन्। 

मेयरमा नेपाली कंग्रेसबाट डा सुभाषचन्द्र यादव छन्। उनी जिल्लामा छुट्टै प्रसूति अस्पतालको स्थापनामा लागिरहेका छन्। अस्पताल सञ्चालनका लागि भवन निर्माणको काम अगाडि बढीरहेको छ।

यस्तै एमालेका उम्मेदवार हुन डा नवीन यादव । उनको आफ्नै निजी क्लिनिक छ। 

नयाँ शक्तिबाट मेयरका उम्मेदवार हुन् डा दिलीप सदा । उनी सरकारी डाक्टर हुन्। चुनावका लागि उनले राजीनामा दिएका छन्। उनी जिल्ला अस्पताल सिरहामा कार्यरत थिए।
एमालेले मेयर र उपमेयर दुबैमा डाक्टर उठाएको हो। उपमेयरकी उम्मेदवार हुन डा नमिताकुमारी यादव । उनको पनि निजी क्लिनिक छ।
 

प्रकासित मिति

Loading...

 

yummyfood