tealaya add

सल्यान । सल्यानको बागचौर नगरपालिका ९ कोटमौलामा एक युवकले आत्महत्या गरेका छन् । १८ बर्षका किरण विक आत्महत्या गरेको अवस्थामा फेला परेको इप्रका थारमारेका प्रहरी प्रमुख लिलाभक्त बादेले बताए ।

Slyan Suicide

आर्थिक अबस्था ज्यादै न्यून भएका विक जेठ २७ गते बिहन आफ्नै कोठामा झुण्डिएको अबस्थामा फेला परेका हुन् । उनी जेठ २६ गते साँझ खाना खाएर कोठामा चुकुल लगाएर एक्लै सुत्न गएका थिए । बिहान अबेरसम्म नउठ्दा उनकी भाउजुले गाउँलेहरुलाई खबर गरेको र ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको सबै प्रकृती बुझ्दा पारिवारिक अबस्थाका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ । स्थानियका अनुसार डल्ली विक नाम गरेकी उनकी दिदिले करिब १० बर्ष पहिले यही कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन । “यो कोठामा एउटा ढोका र सानो झ्याल भएको, ती दुवै बन्द गरेपछि बाहिर कतैबाट थाहा हुँदैन्”, एक स्थानीयले भने । मृतकका आमा–बुबा १ दाजु–भाउजु र ३ दिदिबहिनी छन् । किरणले पारिवारिक चिन्ताको कारण आत्महत्या गरेको बुझिएको छ ।

उनकी आमा विगत लामो समयदेखि मानसिक सन्तुलन गुमाएकी छन् । जसले गर्दा किरणलाई सधै मानसिक तनाव हुनेगरेको स्थानीयहरु बताउँछन् । परिवार आर्थिक अवस्थामा नाजुक छ । आमा जहाँ पायो, जतिखेर पनि त्यही हिड्ने र छोराले आफुलाई लज्जाबोधको रुप लिने गरेको स्थानीयको भनाई छ ।

जेठ २६ गतेपनि किरण गाउँमा घर निर्माण गर्ने मजदुरी काम सकेर साँझ आफ्नो घर आएका थिए । जतिखेर मानसिक सन्तुलन गुमेर आमा एक्कासी घरबाट निस्कीइन् । घरमा किरण, उनकी भाउजु र बहिनी थिइन् । उनिहरु आमालाई खोज्न पनि गएनन् । खाना खाएर सबै आ–आफ्नो कोठातिर सुतेपछि बिहान किरण झुण्डिएको अबस्थामा मृत फेला परे ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...