1478958692 banner ad format

 
 

राजविराज। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १२ मा आज साँझ विषालु सर्पको डसाइबाट एक किशोरीको मृत्यु भएको छ । 

snake bite Saptari Sunita Kumari Pandit min

मृृत्यु हुनेमा सोही ठाउँका शिवनारायण पण्डितका १९ वर्षीया छोरी सुनिताकुमारी पण्डित रहेको इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ । 

घरको आँगन बढार्ने क्रममा घर नजिक रहेको बाढीको पानीमा लुकेर बसेको विषालु सर्पले सुनितालाई डसेको थियो । 

सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिप्रका सप्तरीले जनाएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood