tealaya add

सोलुखुम्बु । सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–१ स्थित नेलेमा खहरे खोलाले बगाउँदा दुईजना बालबालिकाको ज्यान गएको छ ।

SOLUKHUMBU flooded river

बिहीबार दिउँसो परेको ठूलो वर्षापछि आएको बाढीले खोला तर्ने क्रममा उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय सोलुुखम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। 

प्रहरी निरीक्षक अधिकारीका अनुसार ज्यान गुमाउनेमा नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ७ वर्षीय सागर कटवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया रचना बस्नेत रहेका छन् ।

यस्तै, खोलाले बगाएर कक्षा २ मा अध्ययनरत सञ्जु कटवाल र स्थानीय २५ वर्षीय गणेशबहादुर बस्नेत घाइते भएका छन् । मृतकको शव करिब ८०० मिटर तल भेटिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...