सोलुखुम्बु । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका नाम्गेल जाङबु शेर्पा निर्वाचित  भएका छन् भने उपप्रमुखमा नेकपा एमालेकी कल्पना राई निर्वाचित भएकी छिन । 

UML and Congress

गए राति अबेर सम्पन्न मतगणनाको परिणामअनुसार नेकाका तर्फबाट प्रमुख पदका उम्मेदवार नाम्गेल जाङबु शेर्पाले दुई हजार ७५१ मत प्राप्त गरेर विजय प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आङ इगेले झलक शेर्पाले दुई हजार ६०१ मत प्राप्त गरे । 

यस्तै उपप्रमुख पदमा नेकपा एमालेका कल्पना राईले दुई हजार ७६० मत प्राप्त गरेर विजय प्राप्त गरे भ ने उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी उम्मेदवार छिन्डिल्हामु शेर्पाले दुई हजार ७१७ मत प्राप्त गरिन । 

नगरपालिकाको वडास्तरमा पनि काँग्रेस र एमालेको मिश्रित नतिजा प्राप्त भएको छ । नगरपालिका–१, २, ४ र ९ मा नेकाको प्यानल नै विजय भएको छ भने वडा नम्बर ६, ७, ८ र १० मा एमालेको प्यानल नै विजय भएको छ । वडा नम्बर ३ र ५ मा भने अध्यक्ष पदमा एमाले र बाँकी सदस्य पदमा नेकाले विजय प्राप्त गरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...