सुजन ढकाल, हेटौंडा - प्रदेश तीनको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक बजेट भोली आइतबार आउँदै छ । भोली साँझ ५ बजे प्रदेश तीनका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् ।

state 3 budget

 

प्रदेश तीनमा आगामी बर्ष करिब ५० अर्ब हाराहारीको बजेट आउने मन्त्री ढुंगेलले जानकारी दिए । प्रदेश तीनले कृषि, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ ।

‘बजेटमा हामीले विशेषगरी आधुनिकीकरण र यान्त्रीकरण गरी उत्पादनमा वृद्धि गर्ने हिसाबले कार्यक्रम बनाएका छौं,’ उनले भने,‘हामीले बजेटमा कृषिलाई बढी प्राथमिकता दिएका छौं । कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै बजारसम्म पहुँच पु¥याउने विषयमा बजेटले सम्बोधन गर्छ ।’

कृषि उत्पादनसँग जोडिएको उद्योगहरुको विकासमा पनि प्रदेश सरकारले बजेटमा सम्बोधन गर्ने उनले बताए । औद्योगिक क्षेत्र र उद्योगको विकासका लागि प्रदेश सरकारले पर्याप्त काम गर्ने उनले बताए । हेटौंडाको मयूरधापमै संघीय सरकारले नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने भन्दै उनले प्रदेश सरकारले पनि प्रदेशस्तरीय औद्योगिक क्षेत्रको काम सुरु गर्ने उनले बताए ।

‘प्रदेश सरकारले मनहरी खोला किनार र सिन्धुलीको मरिनमा पनि औद्योगिक क्षेत्र बनाउने लक्ष्यका साथ काम गरिरहेको छ,’ नीति तथा कार्यक्रममा नै समावेश यी कार्यक्रमका लागि बजेट पर्याप्त हुने भन्दै उनले भने,‘स्थानीय स्रोतमा आधारित उद्योगहरूलाई हामीले विशेष प्राथमिकता दिएका छौं ।

ऐन नै बनाएर कर छुट, ब्याज अनुदानलगायतको सुविधा दिने तयारी अन्तिम चरणमा छ ।’ उद्योग र कृषिबिना समृद्धि सम्भव नभएको तर्क गर्दै उनले कृषि र उद्योगको विकासका लागि विशेष कार्यक्रम तयार गरेको जानकारी दिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर