annapurna add

काठमाडौं । गुल्मीका कोरोना संक्रमित शिक्षाको मृत्यु भएको पुष्टि भएको छ । उनको विहिबार विहान मृत्यु भएको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित चार सय ४४ जना पुगे

पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त

COVID19प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले उनको मृत्यु भएको बताएका छन । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुषलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भइको थियो । आफन्तको वयान कोरोनाबाट बिहीबार रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका शिक्षकका आफन्त (सालो) विष्णु ओलीले अस्पतालले भिनाजुको उपचारमा लापर्वाही गरेको बताएका छन ।

अस्पताल पुर्याउँदा भिनाजुको अवस्था सामान्य भएको भन्दै ओलीले कोरोना संक्रमण पुष्टि भएपछि उपचार नगरेको बताएका छन । अस्पतालले उपचारमा ध्यान नदिदा भिनाजु गुमाउनु परेको भन्दै उनले भने, ‘जेठ ५ गते उहाँमा कोरोना संक्रमण भएको पुष्टि भनिएको दिनदेखि उहाँमाथि अमानवीय व्यवहार भयो । त्यस दिनदेखि उहाँलाई राखिएको कोठा बन्द गरियो, कोही पसेनन् । भिनाजुको अकालमै मृत्यु भयो ।

उनले बुधबार मिडियामा उहाँको बारेमा विभिन्न खबर आएपछि मात्र थोरै भएपनि भिनाजुले उपचार पाएको आफूले महशुस गरेको बताए । ‘हिजो बिहान उहाँको बारे समाचार आएपछि जिवितै छन् भनेर हामीलाई देखाउन बोलाइयो’, उनले भने, ‘भित्र पस्नका लागि तीन वटा गेट छन् । पिपीपीई लगाएका डाक्टरहरु तेस्रो गेटमा आएर देखाए । उहाँको सास छ मृत्यु भएको छैन भने । फेरि आज बिहान पौने सात बजे बोलएर मृत्यु भएको कुरा सुनाएका हुन् ।

अहिले उनीसहित छिमेकी खिम बहादुर कुँवर र मृतकका भाइसहित ३ जना कुरुवालाई अस्पताल कै क्वारेन्टाइनमा राखिएको छ। उनका अनुसार अस्पतालको आईसीयुमा राखिएपनि कोठाको झ्याल खुल्लै राखिएकाले हेर्न सकिन्थ्यो भने हेर्दा कुनै औषधि चढाइएको देखिँदैनथ्यो । ‘हामी क्वारेन्टाइनमा रहे पनि उहाँलाई राखिएको कोठाको झ्याल खुल्ला थियो । हामी हेर्न गैरहन्थ्यौं । झ्यालबाट हेर्दा उहाँलाई चढाउनु पर्ने औषधि चढाइएको थिएन, त्यतिकै थियो’, ओलीले भने, ‘भेन्टिलेटरमा दिनको ५५ सय लाग्छ भन्दै थिए, हिसाबकिताब चाहिँ भएको छैन ।’

हिजोसम्म मृत्यु नभएको र आफूले देखेको कुरा बताउँदै उनले विभिन्न समाचार आएपछि अस्पतालमा खैलाबैला मच्चिई आफूहरुलाई देखाउनका लागि उपचार गरेजस्तो गरेको दुःखेसो पोखे । ‘५ गतेदेखि हिजोसम्म कोही भित्र छिरेनन् , थुनेरै मारेजस्तो महसुस गरेका छौँ, उनले भावुक हुँदै भने ।

भेन्टिलेटरमा राख्नुअघि सो अस्पतालमा करिव डेढ लाख खर्च भएको उनको भनाइ छ । बुटवलमै बस्ने मदाने गाउँपालिका निवासी गुनाराम घिमिरेले पनि उपचारमा लापरबाही भएको आफूले सुनेको बताए। त्यस गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत सुरेश भण्डारीले पनि कुरुवाहरुबाट त्यस्तै गुनासो आएको बताए ।

यता क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले भने आफूहरुमाथि लागेको आरोपको खण्डन गर्दै अस्पतालले बिरामीलाई बचाउन सक्दो प्रयास गरेपनि नसकेको बताए ।

‘उहाँलाई बचाउन पाए अस्पतालको इज्जत र गौरव बढ्छ भन्ने लागेको थियो तर बचाउन सकिएन’, उनले भने, ‘कतिपय मिडियाले पैसाको बार्गेनिङका लागि मरेको मान्छेलाई पनि नमरेको भन्यो भनेर लेखे तर होइन । अहिले पनि हामी पैसाको छुचो कुरा गर्दैनौं ।’

वैशाख अन्तिम सातादेखि ज्वरो,रुघाखोकी तथा जन्डिस देखिएपछि क्रिमसन अस्पतालमा भर्ना भएका ४१ वर्षीय मृतकमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

सुरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि संक्रमितले स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गरी टाइफाइडको औषधि खाएका थिए। यद्यपी निको नभएपछि पुनः परीक्षण गर्दा उनमा जन्डिस र मिर्गौला समस्या देखिएको भन्दै बुटवल पठाइएको थियो।

गाउँबाट एक जना आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धिखर्कसम्म पुगेका उनलाई त्यहाँबाट एम्बुलेन्स मार्फत क्रिमसन अस्पताल पठाइएको थियो।

जेठ १ गतेदेखि अस्पतालको आइसियुमा राखी उपचार थालिएको उनमा कोरोना संक्रमण पुष्टि हुनुअघि राम्रै उपचार भएपनि पुष्टि भएपछि भने उपचार नपाएको आफन्तको दावी छ ।

याे पनि......

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुगे

थप २५ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

नेपालकाे ३६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ४०२ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

 नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७८ पुग्यो

थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७६ पुग्यो

थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

स्वास्थ्य मन्त्रालयले समेत अफवाह फैलाएपछि

नेपालमा कोरोना संक्रमतिको संख्या २४६ पुग्यो
एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो 

धनुषामा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

थप ५७ जनामा देखियाे संक्रमण, कुल काेराेना संक्रमितकाे संख्या १९१ पुग्याे

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमतिको संख्या १०२ पुग्यो

कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५१ पुग्यो

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जका ४ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया सापकोटा पनि डिस्चार्ज

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५

नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्

कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...