annapurna add

101692300 261081781796005 832392222769938432 n

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै मंगलबार र बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको थियो । नेकपा निकट भातृ संगठन अनेरास्ववियूका नेताहरले उक्त प्रदर्शन गरेको थिए ।सरकारले एमसीसी कोषको विकासका नाममा अाउने प‌ैसा राष्ट्रियता माथिको घुमारो अाक्रमण हुने र कालन्तरमा नेपालको नेपाल अमेरिकी सैन्य क्रिडा स्थल वन्ने , कतिपय बुदाहरुले नेपालको राष्ट्रिय स्वधिनताको धज्जी उडाउने भन्दै सडक संघर् चर्काएका थिए ।

विरोध प्रदर्शनमा अनेरास्ववियूका केन्द्रिय सदस्यहरु जिल्ला कमिटिका नेताहरुको सहभागिता थियो । उक्त आन्दोलनमा अनेरास्ववियूका नेताहरु रबिन बस्नेत , उपदेश यादव ,समीर बुढाथोकी, निर्ग जैसी , महेश श्रेष्ठ , सागर के सि , सन्जीव चौधरी , निरोज श्रेष्ठ , अशोक थापा ,पुजा कडेल,भुमि अधिकारी लगाएतको उपस्थिति थियो ! आन्दोलन चर्कदै देशब्यापी बन्ने र आफुहरुलाई जिल्ला जिल्लाबाट सकारात्मक प्रतिक्रिया आउने क्रम जारी रहेको बताए । सोही अनुरुप उक्त टोलिले आज नेकपा सचिवालय सदस्य एवम् पुर्ब प्रधानमन्त्री तथा नेकपाद्वारा गठित MCC कार्यदल प्रमुख झलनाथ खनाल संग अन्तर्कृया गरेको छन् ।

एमसीसी सैन्य रणनीति सम्बन्धि कार्यक्रम भएको र यसलाई संसदबाट अनुमोदन गर्न नहुँने आवाज उठिरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी सम्बन्धि कार्यक्रम विगत ३ बर्षदेखि बजेटमा राखिएको र संसदबाट पारित नहुँदासम्म कार्यन्वयन नहुँने स्पष्टिकरण दिईसकेको छन् ।

लकडाउनकाबीच पनि विभिन्न राजनीतिक दल तथा समूह र स्वत स्फूर्त रुपमा एमसीसीको विरोध भईरहेको छ । अन्तर्कृयाको क्रममा झलनाथ खनालले युवाहरुले गरेको खवरदारिको प्रशंसा गर्दै राष्ट्र र राष्ट्रियताको पक्षमा निरन्तर लडिरहन सुझाव दिए र एमसिसिमा रहेका राष्ट्र र राष्ट्रियताको अहितमा रहेका बुँदाहरु परिमार्जन बिना कुनैपनि हालता पास नहुने बिश्वस्त गराए ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...