Hidden
अन्तिम संस्कार गरिसकेको सुवास फर्किएपछी ......
काठमाडौँ -साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर, काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रितअनुसार अन्तिम संस्कार गर्यो । मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे ।
तर, तिनै सुवास शुक्रबार अपराहन काठमाडौं आइपुगेका छन् । अझ रोचक त जातीय रितअनुसार उनलाई फेरि न्वारन र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ । सुवास जसोतसो जन्मभूमि आइपुगेका छन्, तर जातीय रितमा उनी ‘मरिसकेका’ छन् । उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारन गरिनेछ । अनि मोरङ, लक्ष्मीमार्ग ल्याएर बिहे । यति रित पुर्याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट गर्न दिइनेछ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...