annapurna add

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान सामाजिक सञ्जालमा निकै चर्चामा आउने गर्छिन् ।

Suhana Khanबलिउडमा प्रवेश गर्ने हल्लासँगै उनी इन्स्टाग्राम र फेसबुकमा फोटो र भिडिओ राख्दै चर्चामा छिन् । हालै सुहानाको एउटा फोटो इन्स्टाग्रममा भाइरल भएको छ । जहाँ सुहाना अनुहारको अनेक मुद्रामा देखिएकी छन् । र सेतो रंगको टप पहिरिएकी छन् ।

सुहाना हाल अध्ययनका लागि न्युयोर्क फर्किसकेकी छन् । न्युयोर्क युनिभर्सिटीमा अध्ययन गरिरहेकी छन् । उनको पछिल्लो फोटो उनको फ्यान क्लबले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको हो ।

साथै थुप्रैले प्रतिक्रिया दिँदै मन पराएका छन् । पछिल्लो समय सुहानाका तस्बिर र भिडिओले सामाजिक सञ्जालमा खुब चर्चा पाउँदै छन् । शाहरुखका अनुसार सुहाना अध्ययन सकेपछि अभिनयको दुनियाँमा प्रवेश गर्नेछिन् ।

*****************************************************************************

सहयोग जुटाउन नग्न तस्बिर उपहार, वार्डले कमाइन् १ अर्ब !

katylin ward

स्ट्रेलियाको जंगलमा लागेको आगोले पूरा विश्वको ध्यान केन्द्रित  गरेकाे  छ । विश्वका जोसुकै व्यक्ति आफ्नो तर्फबाट अग्निपीडितका लागि केही न केही सहगोग गर्न खोजिरहेका छन् । यस्तैमा केही व्यक्तिले निकै ठूलो रकम सहयोग पनि गरेका छन् ।

यसैबीच, एक मोडलले अग्निपीडितको मद्दत गर्न अनौठो तरिका प्रयोग गरेकी छन् । यो तरिकाबाट उनले ८ करोड रुपैयाँको फन्ड जुुटाएकी छन् । कैलेन वार्ड नामकी मोडलले यो तरिकाबाट यति रकम जम्मा पारेकी हुन् ।

कैलेनले हालै सोसल मिडियामा लेखिन्, ‘जसले मलाई १० डलर (सात सय भारु) या योभन्दा धेरै डोनेसन दिन्छ उसलाई म आफ्नो न्युड सेल्फी (नांगो फोटो) पठाउनेछु ।’

इन्स्टाग्राम र ट्विटरमा खबर आगो झैं फैलियो । कैलनको यो पोस्ट भाइरल हुँदै गयो । यसको साथै कैलनलाई डोनेसनको ओइरो पनि लाग्न थाल्यो । तर न्युड तस्बिर सेयर गरेपछि इन्स्टाग्रामले उनको अकाउन्ट ब्लक गरिदिएको छ ।

याे पनि पढनुहाेस्- अस्ट्रेलियाको आगो निभाउन नग्न तस्बीर सार्वजनिक

पृथ्वीमा मानवीय कारणले प्राकृतिक विपद्हरु बढ्दै गइरहेका छन् । दुई महिनादेखि भिषण आगलागीको चपेटामा परेको अष्ट्रेलियाकाे पछिल्लो उदाहरण हो ।

Kaylen Ward

करिब ४० करोड हेक्टरमा फैलिएको अष्ट्रेलियाको आगोमा परेर करिब १८ जना मानिस र ५० करोड जनावरको मृत्यु भइसकेको छ । बाँचेका जनावरका लागि खानेकुराको अभाव भएको छ । आजमात्रै पानी धेरै पिउनेभन्दै १० हजार उँट मार्न लागिएको समाचार प्रकाशित भएको छ ।

यसैबीच एक अमेरिकी मोडेलले अष्ट्रेलियाको भिषण आगलागी नियन्त्रणका लागि आफ्ना नग्न तस्बीर अनलाइनमा बेचेर ठूलो रकम संकलन गरेकी छन् ।

‘लसएन्जेलसकी इन्स्टाग्राम मोडेल’ भनेर चिनिने २० वर्षीया केलेन वार्डले चारदिनअघि रकम संकलन थालेकी थिइन् । समाचारमा जनाइए अनुसार इन्टरनेटमा ‘सेक्स वर्क’ गर्ने केलेन ‘नग्न परोपकारी’ भनेर समेत चिनिन थालेकी छन् ।

विपद्का बेला सहयोग संकलन गरिरहेकी केलेनले उद्दारका लागि रकम संकलनको नयाँ विधि अपनाएकी छन् । उनले अष्ट्रेलियाका लागि करिब १० अमेरिकी डलर सहयोग गर्ने प्रत्येकलाई आफ्नो नग्न तस्बीर पठाउँदै सहयोग रकम संकलन गरिरहेकी छन् ।

पैसा दिनेलाई उनी दान गरेको प्रमाण माग्छिन् र आफ्नो नग्न तस्बिर इन्बक्समा पठाइदिन्छिन् । उनले गरेको यो निर्णयसँगै साथ दिनेको संख्या थपिएको छ । धेरैले उनलाई फोटो पठाउन र डोनेट गरेको प्रमाण चेक गर्न सघाइरहेका छन् ।

उनले आफ्नो पोष्ट ४ जनवरीमा सार्वजनिक गरेकी थिइन् । त्यसको दुई दिनमै उनले ५ लाख डलर संकलन गर्न सफल भएको आफ्नो ट्वीटरमा सार्वजनिक गरेकी छन् ।

पारस र सोनिकाको गोप्य च्याट सार्वजनिक, सामाजिक सञ्जालमा पोखिएको वर्षाको प्रेम !

आफ्नो नाङ्गो तस्बीर सार्वजनिक गरेको ४ दिनमा उनले एक मिलियन अमेरिकी (नेपाली करिब १ अर्ब रूपैयाँ) संकलन भएको आज अर्को ट्वीट गर्दै सार्वजनिक गरेकी छन् । साथै उनले सबै योगदानकर्तालाई धन्यवाद दिएकी छन् ।

उनले सार्वजनिक गरेको पोष्ट अनुसार असल कामका लागि ‘खराब’ विधि अपनाएकी उनले आफ्नो व्यक्तिगत जीवनमा भने धेरै कुरा गुमाउनु पर्‍यो । उनको नाङ्गो फोटो सार्वजनिक भएपछि उनको इस्टाग्राम डिएक्टिभेट भएको छ । उनका बाबु–आमा रिसाएका छन् ।

‘सबै हिरोहरुले कपडा लाउदैनन्’ भन्दै सामाजिक सञ्जालमा उनको प्रसंशा भएको छन् । उनका सपोटरले उनलाई ‘वमन अफ दि इयर’ घोषणा गर्न माग गरेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...