SuicideNEWS KANTIPATHमहेश सिंह सिरहा,२४ मंसिर । सिरहाको सिमेन्ट उधोगमा एक मजदुरले आत्महत्या गरेको छ् । विरोधमा पुर्वपश्चिम राजमार्गको चोहर्वा सडक अवरुद्ध गरि आन्दोलन गरिरहेको छ । उधोगमा बिगत २ वर्षदेखी कार्यरत रहेको २१ वर्षिया अनिता पासमानलाई व्यवस्थापन पक्षले रोजगारवाट हटाएपछि आत्महत्या गरे पछि मृतका आफ्न्तहरुले विरोध सुरु भएको छ । व्यवस्थापन पक्षले गोलबजार नगरपालिका ९ गोविन्दपुर घर भएकी पासमानलाई व्यवस्थापन पक्षले मंगलबार रोजगारवाट हटाएपछि आत्महत्या गरेको प्रहरीले बताए । मारुती सिमेन्टमा काम गर्ने मजदुर,स्थानीय लगायतले उधोग अगाडि सडकमा टाईर बालीको गाडी अबरुद्ध गरि प्रदर्शन गरेको हो ।

याे पनि पढ्नुहाेस् - जुवा खालको पैसा कम देखाएको आरोपमा काभ्रेका एसपी जयराज सापकोटालाई हटाएलगत्रै कोहलपुर गोलीकाण्डमा मुछिएर्का डिएसपी हेमराज शाही जिल्ला तानिएका छन् । यसरी फरक प्रकृतिको घटना भएपनि कार्यसम्पादनमा कमजोर देखिएको र विवादमा मुछिएपछि उनीहरुलाई मुख्यालयले तानेको हो । कोहलपुरमा लगाएको निषेधआज्ञा हटाएसँगै ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी नायाब निरीक्षक (डीएसपी) हेमराज शाही पनि त्यहाँबाट जिल्ला तानिएका छन् । कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालिका घाईते भएको विषयमा भएको झडपले उग्र रुप लिएपछि प्रहरीले निषेधआज्ञा जारी गर्नुपरेको थियो । प्रहरीले अन्धाधुन्द विद्यार्थीमाथि आक्रमण गर्न थालेपछि आन्दोलनले झन चर्को रुप लिएको थियो । आन्दोलन चर्किएसँगै जिल्ला प्रशान कार्यालयले निषेधआज्ञा लगाउनुपरेको थियो । जुन आजबाट हटेको छ । यसरी आन्दोलनले उग्र रुप लिएपछि त्यहाँको कमाण्ड सम्हालिरहेका डीएसपी शाहीको चर्को आलोचना भएको थियो । उनले घटनालाई दबाउन आन्दोलनकारीमाथि अन्धाधुन्द आक्रमणमा उत्रिएको स्थानीयबवासीहरुले आरेप लगाएका छन् ।

यससअघि पनि खसी मागेको भन्दै उनको चर्को आलोचना भएको थियो । डिएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि छानविनमा तानिएका थिए । त्यसपछि भएको यो पछिल्लो घटनाले झन त्यसलाई मलजल गर्यो । जसको फलस्वारुप उनी जिल्ला तानिएको चर्चा चलेको छ । यस्तै जुवाखालमा ३३ लाख भन्दा बढी नगद बरामद गरे पनि ९ लाख ५७ हजार ८ सय ७० रुपैयाँमात्र देखाएको सूचना प्रहरी प्रधान कार्यालयमा पुगेपछि काभ्रेका एसपी जयराज सापकोटाको सरुवा भएको छ । उनलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको हो । सरुवा भएको ७ महिनामै उनी प्रदेश कार्यालयमा पठाइएका छन् । उनी २०७६ जेठ १२ मा सरुवा भएका थिए । उनीमाथि जुवाडेहरुलाई पिकनिकको नाममा जुवा खेलाउने गरेको आरोप छ । यसरी प्रहरीमा बदनाम अधिकृतका रुपमा देखा परेको एसपी सापकोटा र डिएसपी शाहीले गर्दा प्रहरी संगठनभित्र नराम्रो प्रभाव पर्ने भएका कारण उनीहरुलाई सरुवा गरेको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ ।

याे पनि पढ्नुहाेस्  - छानबिनमा तानिए खसी काण्डमा फसेका डिएसपी

काठमाडौं । इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) माथि अनुसन्धान हुने भएको छ । उनीमाथि तरुण दल बाँकेका कोषाध्यक्षसँग खसी मागेको आरोप लागेपछि उक्त प्रकरण चर्चामा आएको थियो । साेही प्रकरणमा मुछिएका शाहीमाथिको अनुसन्धानका लागि पाँच सदस्यीय छानबिन टोली गठन गरिएको छ । शाही तथा उनको टोलीले बरामद गरेको भनिएको हतियारसमेतको छानबिनका लागि ५ नम्बर प्रदेश प्रहरीले छानबिन टोली गठन गरेको हो ।यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विहान शाहीमाथि छानबिन हुनुपर्ने माग गरेका थिए । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नरबहादुर केहीको संयोजकत्वमा गठित छानबिन टोलीलाई १० दिनको समयावधि दिइएको छ । बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज–२० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई हतियारसहित पक्राउ गरेको थियो । यद्यपी पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो । यसैगरी शाहीले नै अहिले पक्राउ परेको टोलीसँग दशैमा खसी मागेको भनेर अडियो टेप समेत सार्वजनिक भएको छ । सो को विषयमा पनि समितिले छानबिन गर्ने बताइएको छ ।

याे पनि पढ्नुहाेस् -  सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियर ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन घुस लिँदालिँदै पक्राउ परेका छन् । काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै करिब १० लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । 

याे पनि पढ्नुहाेस् - भरतपुर महानगरपालिका १३ की मेनुका पौडेलको घरमा एक महिनाको विद्युत महशुल १० लाख रुपैयाँ उठेपछि घरधनी अचम्ममा परेका छन् । उनको घरमा बिजुली खपत गर्ने एउटा फ्रिज, ३ पंखा, १ राईस कुकर र १७ वटा थोरै विद्युत खपत गर्ने सिएफएल बत्ति छ । सोही विद्युतबाट कुखुरा फर्म पनि संचालन भएको छ ।

गर्मी महिनामा बढीमा १ हजार र जाडोमा ५ सय रुपैयाँ विजुली शुल्क उठ्ने गरेकोमा यस पटक भने ८० हजार ३८ युनिट अर्थात १० लाख ३९ हजार ६ सय ६९ रुपैयाँ बराबरको बिल आएको हो ।

‘मिटर रिडरले यति धेरै रकम उठेको देखेपछि रसिद नकाटि विद्युत कार्यालयमा सम्पर्क गर्न भन्नुभयो,’ पौडेलले भनिन्, ‘त्यसपछि विद्युत प्रधिकरणकै रोहोबरमा परीक्षण गर्दा सबै ठिक देखिएको छ । घर भित्र नै मिटर छ ।’

महशुल धेरै उठेपछि प्राधिकरणको भरतपुर कार्यालय जाँदा कुखुरा पालेको ठाउँमा १० लाख उठ्नु ठूलो कुरा नभएको जवाफ पाएको उनले बताइन् । ‘एक हजार कुखुरा पाल्दा यत्रो रकम उठ्दैन,’ उनले भनिन, ‘यति नै उठ्ने भए पनि अरु महिना पनि उठ्नुपर्ने हो ।’

मिटर परीक्षणका लागि डिभिजन कार्यालय हेटौंडा पठाउने तयारी

बढी महशुल उठेको देखिएपछि नेपाल विद्युत प्राधिकरण भरतपुर शाखाले मिटरलाई डिभिजन कार्यालय हेटौंडामा पठाउने भएको छ । वास्तविक समस्या पत्ता लगाउन थप अनुसन्धानका लागि हेटौंडा पठाउन लागेको प्रधिकरणका भरतपुर शाखा प्रमुख सुरेश कुमार महताेले बताए ।

‘यो विषय गम्भीर छ, कर्मचारीको गल्ति हो की भन्ने विषयमा मिटर चेक गर्नेसँग पनि हामी कुरा गर्छौ,’ उनले भने, ‘अहिलेसम्म यति धेरै रकम सामान्य घरमा उठेको मैले पनि भेटेको छैन । अनुसन्धानले जे भन्छ अब त्यही हुन्छ ।’

याे पनि पढ्नुहाेस् - जलेश्वरस्थित डिभिजन वन कार्यालय परिसरमा प्रेसर कुकर बम फेला परेको छ । आइतबार साँझ फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार दिउँसो करिब १२ बजे डिस्पोज गरेको छ ।

वन कार्यालय परिसरमा बेवारिसे अवस्थामा फेला परेको झोलाभित्र शंकास्पद वस्तु देखेपछि त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । पछि सेना आएर हेरेपछि झोलामा शक्तिशाली प्रेसरकुकरबम भएको पत्ता लागेको थियो ।

आइतबार साँझदेखि नै सेना र प्रहरीले घटनास्थल क्षेत्रलाई सुरक्षा दिएका थिए । नजिकै रहेको जीवन ज्योति युवा क्लबको खाली चौरमा खाल्डो खनी बम डिस्पोज गरिएको हो ।

याे पनि पढ्नुहाेस् -  जुम्लाको पातारासी गाउँपालिकाले २५ वर्ष तल उमेर समूहका युवालाई मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ । मदिराको सेवन तथा बिक्रीवितरणमा रोक लगाउनका लागि गाउँपालिका, महिला तथा बालबालिका शाखामार्फत गाउँमा गठन भएका महिला समूह, सहकारी र युवालाई सहभागी गराई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कुलतका कारण युवकयुवती गलत बाटामा लागेका कारण मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

पढ्ने उमेरका युवा कुलतमा बढी फसेका कारण मदिरामा प्रतिबन्ध लगाइएको अध्यक्ष बोहोराको भनाइ छ । पच्चीस वर्ष तलका युवाले मदिरा सेवन तथा बिक्रीवितरण गर्न नपाउने गाउँकार्यपालिकाको बैठकबाट निर्णय भएको हो । यदि कोही कसैले सार्वजनिकस्थलमा मदिरा सेवन गरी हल्ला वा बिक्री गरेको भेटिएमा हदैसम्म जरिवना र कानूनी उपचारका लागि सम्बन्धित निकायमा पहल गरिने अध्यक्ष बोहोराले बताए ।

याे पनि पढ्नुहाेस् - सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल (रनवे)मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ ।

जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी लिएको पप्पु कन्स्ट्रक्शनले रनवेमा ग्रेडिङको काम पूरा नगर्दा समस्या भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थल घाँसेमैदानमा समेत परिणत भएको छ ।

बँदेल आतङ्कले विमानस्थलमा दुर्घटनाको जोखिम पनि उस्तै बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रेमनाथ ठाकुर बताए । उनका अनुसार गत मङ्गलबार साँझ बुद्ध एयरलाइन्सको जहाज अवतरण हुने क्रममा बँदेलसँग ठोक्किएको थियो । तर, मानवीय क्षति भने भएन । बँदेलको बच्चाले भने ज्यान गुमाएको थियो ।

धावनमार्गमै वन्यजन्तु आउँदा समस्या निम्तिएको बुद्ध एयरलाइन्सका स्टेशन म्यानेजर विनित शाह बताउँछन् । उनले भने, “विमानस्थलमा धेरै घाँसेमैदान छ, बेलाबखतमा सफा गरिए पनि सरसफाइ कार्यक्रम नियमित नहुँदा समस्या उस्तै हुने गर्छ, त्यसका कारण विमान उडान र अवतरणका क्रममा वन्यजन्तु रनवेमै आउँदा चुनौती छ ।” पप्पुले विमानस्थलको ‘ओभरले’ (एकपटक बनाएको रनवेमाथि पुनः लेयर लगाउने काम) पूरा गरेको छ । तर, उसले गर्नुपर्ने मार्किङ, नाली, ग्रेडिङ (माटो सम्याउने काम) अलपत्र छाडेको छ । काम पूरा गर्न पटक–पटक पत्राचार गरे पनि अटेरी गरिरहेको प्राधिकरणले जनाएको छ ।

एक वर्षअघि सम्पन्न भइसक्नुपर्ने ठेक्का अहिलेसम्म अधुरै रहेको नागरिक उड्डयन प्राधिकरण प्रमुख ठाकुरले बताए । धावनमार्ग पक्की गर्ने, मार्किङ गर्ने, झाडी फालेर ग्रेडिङ गर्ने (सम्याउने) कार्यको ठेक्का पप्पु कन्स्ट्रक्शनले रु १३ करोडमा ठेक्का लिएको प्राधिकरण प्रमुख ठाकुरले बताए । ठेक्कामध्येको रु ११ करोड ३३ लाख भुक्तानी भइसकेको छ । काम भने अझै अपुरै रहेको छ । ठेकेदारले अटेर गरेपछि प्राधिकरणले पप्पुलाई आवश्यक कारवाहीका लागि सिफारिश गरेको उनको भनाइ छ ।

वन्यजन्तुबाट बचाउन विमानस्थलको वरिपरि काँडेतार गरिएको छ । “सुरक्षाका लागि पर्याप्त छैन, रनवेको घाँस नफाल्दासम्म जनावरले सताइरहन्छ”, प्राधिकरण प्रमुख ठाकुरले भने, “ठेकेदार कम्पनीलाई यसअघि बारम्बार काम सक्न आग्रह गर्दा पनि सुनुवाइ गरेन, यसले उडान र अवतरण संवेदनशील बन्दै गएको छ ।”

पप्पुले जिम्मेवारीले लिएकामध्ये अधिकांश काम अधुरै छन् । तोकिएको समयमा आफ्नो जिम्मेवारी बहन गर्न नसकेपछि निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारवाहीका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनका अनुसार धरौटीमा राखिएको रकम जफत गर्ने प्रक्रिया शुरु भएको छ ।

विमानस्थलको आन्तरिक पूर्वाधार निर्माणका लागि रु १२ अर्ब लगानी भइरहेको उनले बताए । गुरूयोजनाअनुसार विमानस्थललाई पूर्ण बनाउन अझै १२६ बिघा जमीन अतिक्रमण गर्नुपर्ने देखिएको उनी बताउँछन् । अहिले छ ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । हाल दुईमात्रै ‘एटीआर ७२’ ठूला जहाज पार्किङ गर्न सकिन्छ ।

प्रमुख ठाकुरले भने, “अब छ जहाज थप गरी पार्किङ–वे निर्माणपछि आठ ठूला जहाज ल्यान्ड गर्न सहज हुनेछ, २०० मिटरको रनवे रहेको नेपालगञ्ज विमानस्थलमा गुरुयोजनाअनुरुप पश्चिमतर्फ थपेर विमानस्थलको रनवेलाई दुई हजार ६०० मिटरसम्म बढाउने तयारी भइरहेको छ ।” विमानस्थलको पार्किङ क्षेत्रमा मात्र रु २८ करोड लगानी हुँदैछ । नयाँ टर्मिनल बनाउँदा पश्चिमतर्फको डुडुवाखोला नै अर्कोतर्फ मोड्नुपर्ने अवस्था आउने प्राधिकरण प्रमुख ठाकुरले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर