annapurna add

suklafat n

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य देशका पर्यटकको सङ्ख्या बढ्न थालेको छ । निकुञ्जमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमै ६८५ पर्यटकले अवलोकन गरेका छन् । चालू आवको साउनदेखि हालसम्म स्वदेशी ६०१, सार्क मुलुकका ४० र विदेशी ४४ पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् । आव २०७५÷७६ को असार मसान्तसम्म स्वदेशी पाँच हजार ७४०, सार्क मुलुकका १५४ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए ।

आव २०७४÷७५ मा चार हजार ७४० पर्यटकले अवलोकन गरेका भने स्वदेशी चार हजार २८१, सार्क मुुलुकका २६६ र विदेशी १९३ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७३÷७४ को सोही अवधिमा निकुञ्जमा दुई हजार ६४० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । स्वदेशी दुई हजार ३७३, सार्क मुलुकका १३० र विदेशी १३७ ले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७२÷७३ मा निकुञ्जमा एक हजार ६४९ पर्यटकले अवलोकन गरेका थिए । स्वदेशी एक हजार ६४९, सार्क मुलुकका ९५ र विदेशी १७५ ले निकुञ्ज अवलोकन गरेका थिए ।

निकुञ्जको प्रचार–प्रसार, आरक्षबाट निकुञ्जमा स्तरोन्नति र निजी क्षेत्रबाट पर्यटक बढाउनका लागि गरिएका प्रयासले पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको निकुञ्जका सूचना अधिकारी उत्तम चौधरीले बताए ।
निकुञ्ज घुम्न आउने स्वदेशी, विदेशी पर्यटकको रोजाइमा घाँसेमैदान, सिमसार क्षेत्र, तालतलैया, पाटेबाघ, एकसिङ्गे गैँडा, हात्ती, बाह्रसिङ्गा, कृष्णसार, निलगाई, चितुवा, चितल, लगुना, बँदेल, हिसपिडखरायो र विभिन्न प्रजातिका चराहरु पर्ने गरेका छन् ।

एकपटक निकुञ्ज घुम्न आउने पर्यटक दोहो¥याएर घुम्नका लागि पुग्ने गरेको चौधरीले बताए । उनका अनुसार दैनिक सात देखि १० बढी विदेशी पर्यटक निकुञ्ज अवलोकनका लागि पुग्ने गरेका छन् । घाँसेमैदान व्यवस्थापन, मचानको व्यवस्था, वनपथ निर्माण, पुलपुलेसा मर्मतकार्य गरी पर्यटकको आवागमनलाई निकुञ्जमा सहज बनाइएको छ ।

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्ज बाह्रसिङ्गाको सबैभन्दा ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघको घनत्व र दुर्लभ पशुपक्षी तथा वनस्पतिका लागि प्रसिद्ध रहेको छ । नेपालको तराईका संरक्षित क्षेत्रहरुमा रहेको घाँसेमैदानमध्ये शुक्लाफाँटा घाँसेमैदान सबैभन्दा ठूलो छ । क्षेत्रफलका हिसाबले सानो भए पनि निकुञ्जमा धेरै प्रकारका दुर्लभ वन्यजन्तु, पक्षी र वनस्पति पाइने गरेको छ । निकुञ्जले पर्यटकको सुविधाका लागि हात्ती, गाडी सफारीसँगै ठाउँठाउँमा जीवजन्तु र प्रकृतिको मनोरम दृश्य नियाल्नका लागि मचानको व्यवस्थासमेत गरेको छ ।

निकुञ्ज घुम्न आउने पर्यटकले छुटाउनै नहुने क्षेत्रका रूपमा शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुरफाँटा, झोलुङ्गेपुल, कालिकिचताल, निकुञ्जभित्रका सिमसार क्षेत्र र राना थारू घरवासलगायत छन् ।

यो पनि पढ्नुहोस :- भ्रमण वर्ष नजिकिएसँगै शैलुङमा पर्यटकको चहलपहल

sailung

नेपाल भ्रमण वर्ष नजिकिएसंगै दोलखाको प्रसिद्ध धार्मीक तथा पर्यटकीय स्थल शैलुङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्न थालेको छ ।

सन २०२० लाई भ्रमण वर्ष मनाउने तयारीमा लागेका सरकारले देशभरका ७७ जिल्लामा एक सय नयाँ पर्यटकीय गन्तव्य थप्दै शैलुङ पदमार्ग समेत समावेश गरेपछि अहिले यो ठाउँमा चहलपहल बढेको हो ।
काभ्रेको धुलिखेलबाट शैलुङ घुम्न आएका सुविन तामाङले शैलुङ अन्य भन्दा फरक भएकोले पनि नेपालकै रमणीय पर्यटकीय स्थलको रुपमा आफुले पाएको बताए । उनले शैलुङ आईपुग्दा आफूलाई स्वर्गको अनुभूति भएको बताए । शैलुङ समुन्द्री सतहबाट तीन हाजर एक सय ४५ मिटर अग्लो स्थानमा दोलखाको दक्षिण–पश्चिममा अवस्थित छ ।

शैलुङ जीवनमा एकपटक पुग्नै पर्ने पवित्र भूमि रहेको उल्लेख गर्दै शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले नेपाल घुम्न चाहने पर्यटकका लागि शैलुङलाई नयाँ गन्तव्यको विकल्पको रुपमा परिचित गराउने अभियानमा लागेको बताए ।

प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिने शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल, गणेश हिमाल लगाएत चुरे पहडका थुम्काहरु समेत देखिने भएकाले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको उनको दावी छ ।

शैलुङ डाँडामा भर्खरै चार तले भ्यू टावर बनाइएको छ । टावरबाट हेर्दा आसपासका प्राकृतिक दृश्यहरु झनै राम्रो देखिन्छ । त्यसैगरि शैलुङमा ५३ फिट अग्लो छ्योर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । यहाँको एक ओडारमा प्रसिद्ध शैलुङ्गेश्वर महादेवको मन्दिर अवस्थित छ । मन्दिरमा जनैपुर्णिमा र बालाचतुर्दशीका दिन भव्य मेला लाग्ने गर्दछ । त्यसैगरी यहाँ पापी छिर्न नसक्ने धर्म ढोका पनि रहेको छ । यहाँको एक ओडारमा प्रत्येक १२ वर्षमा एउटा गोदावरी फूल फुल्ने गर्दछ । त्यसरी गोदावरी फुल फुल्दा त्यो ओडारमा दुध जस्तो तरल पदार्थ चुहिने गरेको स्थानीहरु बताउँछन् । त्यसमा मानिसले नुहाएमा रोग नलाग्ने र छालाहरु सधैँ नरम रहने जनविश्वास रहिआएको छ ।

शैलुङमा बाघ, गाई र गंगटा जस्ता ढुंगाहरु छन् । डाँडाको एउटा ढुंगामा बुद्धका पाईला छ । कालापानीबाट शैलुङ जाने बाटोमुनि डाँफेको शिलापत्र पनि देख्न सकिन्छ । हिउँ पर्ने समयमा शैलुङ हिउँको बर्को ओढेर बसे जस्तो देखिन्छ । चैत,वैशाखमा गुराँस र चिमाल फुल्दा वनै राताम्मे र सेताम्मे हुन्छ ।

आन्तरिक तथा बाह्य पर्याटको सुविधाका लागि शैलुङ गाउँपालिकाले वडा नम्बर–८ स्थित कालापानीलई शैलुङ बेसक्याम्पको रुपमा विकास गरेको छ ।कालापानीमा अहिले १२ कोठाको सुविधा सम्पन्न सामुदायिक लज बनेको छ । त्यसैगरि निजी लगानीमा सुविधासम्पन्न होटलहरु पनि बन्ने क्रममा रहेको छ ।

पर्यटकहरुको सहजताका लागि हाल कालापानीदेखि शैलुङसम्म सिँढी बनाइएको छ। राजधानी काठामाडौँबाट एक सय २५ किलोमिटरको दुरी र सदरमुकाम चरिकोटबाट ४३ किलोमिटरको दुरीमा कालापानी पर्छ । त्यसपछि मनोरमा दृश्यावलन गर्दै करिब ४५ मिनेट देखि एक घण्टाको पैदल मार्ग हिडेर शैलुङ पुग्न सकिन्छ ।

यो पनि :- भ्रमण वर्ष सफल बनाउन राजनीतिक दल प्रतिबद्ध

भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात हुन एक महिना पनि बाँकी छैन । यतिबेला उद्घाटन तयारीका काम पनि हुँदै छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय भ्रमण वर्षको अभियान सफल बनाउन यतिबेला हरेक क्षेत्रबाट समर्थन र सहयोग जुटाउने प्रयत्नमा छ ।

बुधबार मात्रै नेपालस्थित विभिन्न ३१ देशका राजदूतसँग मन्त्रालयमै छलफल भएकोमा बिहीबार देशका प्रमुख राजनीतिक दलका नेता र भ्रातृ सङ्गठनका प्रतिनिधिसँग छलफल भयो । छलफलमा सहभागी सबै दलका नेताहरूले भ्रमण वर्ष सरकार वा कुनै एउटा दलको कार्यक्रम नभई साझा राष्ट्रिय स्वार्थ भएकाले अधिकतम सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

भ्रमण वर्षमा एकपटक मात्र नेपाल घुम्न आउने नभई यसलाई बारम्बार नेपाल गइरहने आधारका रूपमा अगाडि बढाउनुपर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको सुझाव थियो । भ्रमण वर्ष राष्ट्रिय अभिभारा भएकाले सबै राजनीतिक दल र समाजले त्यही रूपमा ग्रहण गर्नुपर्ने उनको आग्रह थियो । उनले भ्रमण वर्ष सफल पार्न मन्त्रालयबाट हुने आग्रहलाई अधिकतम रूपमा सहयोग गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताए । भ्रमण वर्षको उद्घाटनदेखि वर्षभर नै समस्त नेकपा र यसको जनवर्गीय सङ्गठन स्वयंसेवाका लागि उपस्थित छ र यसलाई त्यही रूपमा प्रयोग गर्न आग्रह गर्छु, उनले भने । छलफलमा उनले नेपालमा विश्वमा कतै उपलब्ध नरहेको प्राकृतिक सुन्दरता रहेकाले भ्रमण वर्षमार्फत यसको जानकारी फैलाउनुपर्ने सुझाव दिए । नेपाली काँगे्रसका नेता मोहनबहादुर बस्नेतले नेपालमा विभिन्न समयमा राजनीतिक उतारचढाव भए पनि अब सबैले आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्ने बेला आएको बताए । त्यसका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले आवश्यक पूर्वाधार बनाउन मन्त्रालयले बढी ध्यान दिनुपर्ने उनको सुझाव थियो । भ्रमण वर्ष सफल पार्न सबै सिङ्गो नेपाल एक भएर लाग्नुपर्ने र यसमा आफ्नो दलको सबै किसिमको सहयोग रहने प्रतिबद्धता उनले व्यक्त गरे ।

यो नेकपा अथवा सरकारको मात्र हैन । सारा देशको सफलतासँग जोडिएको भएर हाम्रो आफ्नो दायित्व बुझेर सङ्गठनलाई परिचालन गर्न तयार छौँ, उनले भने ।राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले पहाडमा मात्र सीमित नेपालको पर्यटकीय गतिविधिलाई भ्रमण वर्षले तराईमा पनि विस्तार गरेकामा खुसी व्यक्त गरे । पर्यटकीय पूर्वाधार बनाउँदा यसको सुरक्षाको विषयलाई पनि ध्यान दिन उनको सुझाव थियो । त्यस्तै उनले भ्रमण वर्ष सफल पार्न आफ्नो प्रतिबद्धता पनि व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रोशन कार्कीले धार्मिक पर्यटनलाई पनि समेटेर भ्रमण वर्षको दायरा बढाउनुपर्ने सुझाव दिए । कार्यक्रममा अन्य दलका नेताले पनि भ्रमण वर्ष साझा लक्ष्य भएकाले यसको सफलताका लागि काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

होटल, रेष्टुराँलगायतका क्षेत्रमा बालश्रमिकको प्रयोग, न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता, रातको समयमा सवारी साधनको व्यवस्था नहुनुलगायतका समस्या हट्न सकेको छैन । श्रम ऐनमा रोजगारदाताले श्रमिकका लागि दिने सेवा–सुविधाका विषयमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा समस्या नहटेको यस क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधिको भनाइ छ ।

मनोरञ्जन र सत्कार व्यवसायको विद्यमान अवस्थाका बारेमा बिहीबार विश्वास नेपालले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले काम गर्ने श्रमिकको अवस्थामा सुधार आउन नसकेको बताएका छन् । यस क्षेत्रका श्रमिकको सेवा–सुविधाका विषयमा कानूनमा उल्लेख भए पनि कार्यान्वयनमा नआएको सहभागी प्रहरी, कर्मचारी, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतले औँल्याएका छन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जिल्ला प्रशासन कार्यालयले ठमेल, बालाजु, गौशालालगायतका क्षेत्रमा अनुगमन गर्दै आएको बताए । अनुगमनका क्रममा श्रमिकले आफूले आवश्यक सुविधा पाएको बताएको उनले बताए । श्रमिकलाई लगानीकर्ताले आफूले सेवासुविधा पाएको भन्न सिकाएको उनको भनाइ छ । उनले भने , “त्यसो नभने जागिरबाट निकाल्ने हुँदा उनीहरुले आफ्ना कुरा भन्न सकेका छैनन् ।”

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले होटल र रेष्टुराँमा दैनिकजसो अपराधका घटना भइरहेको र नेपाल प्रहरीले कडाइका साथ कारवाही गरिरहेको जिकिर गरे । होटलका बन्द कोठामा कुनै पनि व्यक्तिको मृत्यु हुँदा हत्या कि आत्महत्या भन्ने छुट्याउन कठिन हुने उनले बताए ।

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले यस क्षेत्रमा कार्यरत सबै संस्थाले ‘म फलानो होटल, रेष्टुराँमा काम गर्छु’ भनेर गर्व गरेर भन्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे । नेपाल रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष विजय नगरकोटीले दर्ता हुन बाँकी रहेका होटल, रेष्टुराँलाई दर्ता गराउँदै करको दायरामा ल्याउन सङ्घले पहल गरिरहेको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...