annapurna add

कैलाली । भजनी नगरपालिका वडा नं. ४ का वडा सचिव सुमनकुमार चौधरी बलात्कार आरोपमा पक्राउ परेका छन् ।

उनलाई एक महिलाले बलात्कारको आरोप लगाएकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा बलात्कार गरेको उजुरी दर्ता गरेपछि प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

‘चौधरी उपर जबरजस्ती करणीको उजुरी आएको छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले भने ‘आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला ल्याइँदै छ ।’

जिल्ला प्रहरी कार्यालय कैलालीको आदेशमा वडा सचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो । Sudur Daily

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर