1478958692 banner ad format

 
 

फलेवास (पर्वत) । स्थानीय कुश्मा नगरपालिका– १ पाङ घर भई आइबल एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको थप अनुसन्धानका लागि पर्वतबाट बाग्लुङ जिल्ला प्रहरी कार्यालय पठाइएको छ । 

Teachers Narayan Poudel

पर्वत जिल्ला प्रहरीले गरेको अनुसन्धानमा कुनै प्रमाण फेला पार्न सकेको थिएन । गत जेठ २५ गतेदेखि बेपत्ता भएका पौडेलको शव १५ दिनपछि बागलुङ जिल्लाको जैमुनी गाउँपालिका– ८ बेलवगरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको थियो । 


पौडेलको शव बागलुङ जिल्लामा भेटिएको र बागलुङ जिल्लाबाट पत्रसाथ जाहेरी दर्खास्त लगायतका कागजात पर्वत जल्ला प्रहरीमा प्राप्त भइ अनुसन्धान गरिरहे पनि सत्य –तथ्य व्यहोरा थाहा हुन नसेकेकाले बागलुङ नै पठाइएको बताइएको छ । 


शिक्षक पौडेलको परिवारले भने विद्यालयका प्रिन्सिपल र दुईजना अभिभावकसहितको मिलेमतोमा हत्या भएको भन्दै छानबिनका लागि जाहेरी दिएका थिए । पर्वत प्रहरीले सङ्कस्पद तीन जनालाई नियन्त्रणमा लिएर छानबिन गरिरहे पनि पनि कुनै तथ्य फेला पार्न सकेको थिएन ।

प्रकासित मिति

Loading...

 

yummyfood