1478958692 banner ad format

 
 

काठमाडौं । सन्चार राज्यमन्त्री तप्तबहादुर विष्ट चढेको गाडीले ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

 

शुक्रबार काठमाडौंको नयाँबानेश्वरमा राज्यमन्त्री विष्ट सवार बा१झ ७१६३ नम्बरको झन्डावाल गाडीले बा४८प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, जलवीरेका सहदेव श्रेष्ठ र उनकी सानिमा अञ्जु श्रेष्ठ घाइते भएका हुन् । घाइते दुवैजनाको अवस्था सामान्य रहेको र बानेश्वरस्थित एभरेस्ट अस्पतालमा उपचार भइरहेको छ ।

घटनालगत्तै सर्वसाधारणले घेरेपछि मन्त्रीलाई प्रहरीले भगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood