annapurna add

kp oli birthday humla deathएक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट लडेर घाइते बनेकी सल्यान शारदा नगरपालिका–८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुन नसक्दा निधन भएको हो । आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गराएका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि हेलिकप्टरबाट आफ्नो बहिनीको उद्धार हुन नसकेको र अन्ततः ज्यानै गुमाउनु परेको भन्दै गौतमले लेखेका छन्, ‘केक बोक्न हेलिकप्टर प्रयोग गरिन्छ तर बिरामी बोक्न सम्पूर्ण कागजात तयार गर्दा नि उडाउन मिल्दैन । कागजी प्रक्रिया पुरा गर्दा गर्दै पिडितको ज्यान गएको यो पहिलो पटक भने हैन ।

आफ्नो जन्मदिन मनाउन जन्मथलो गएका प्रधानमन्त्रीले प्रयोग गरेको हेलिकप्टर र केकको खर्च करोड भन्दा बढी आएको समाचार बाहिर आएपछि उनको सर्बत्र आलोचना भएको छ । कतिले प्रश्न गरेका छन् ' सानालाई ऐन ठुलालाई चैन किन' तर प्रधानमन्त्री ओठे जवाफ फर्काएर तर्किएका छन् । जनताको करबाट उठेको रकम जथाभाबी प्रयोग गरेर जनतालाई नै सास्ती दिने नियतिबाट जनताले कहिले मुक्ति पाउने ?

यस्तो छ उनका दाईले लेखेको मार्मिक पत्र : माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर