रत्ननगर (चितवन) - पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । 

tiger attack woman died

वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ईश्वरी पाठकले बताए । 

उनका अनुसार बिहान आठ, नौजना साथी मिलेर निउरो टिप्न जंगलमा गएकामा एकजनालाई बाघले आक्रमण गरेपछि अरुले भागेर ज्यान जोगाएका थिए । सो घटनापछि सम्पर्कविहीन भएका दुई महिला केहीबेरअघि सम्पर्कमा आएको अध्यक्ष पाठकले जानकारी दिए । 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले बाघको आक्रमणबाट महिलाको मृत्यु भएको जानकारी आएपछि अहिले हात्तीसहितको नेपाली सेना र निकुञ्जको टोली घटनास्थलमा पठाइएको जानकारी दिए । 

निकुञ्जले जंगलमा निउरो टिप्दा मानवीय जोखिम हुने भएकाले मध्यवर्ती क्षेत्रमा समेत नजान भने पनि स्थानीय समुदायको जीविकोपार्जनका लागि निउरो टिप्न जाने क्रम रोकिएको छैन । 

उक्त निकुञ्जका अनुसार गएको आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् । 

गैँडा मुद्दामा दोषी १५ वर्षपछि पक्राउ 

दुर्लभ एकसिंगे गैँडा मारेर खाग बिक्री गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले दोषी ठहर गरेको एक व्यक्ति १५ वर्षपछि आज पक्राउ परेको छ । 

गैँडा मुद्दामा दोषी ठहर भई १२ वर्ष कैद सजाय तोकिएका नवलपरासी गैँडाकोट १२ घर भएका भगना दराईलाई आज निकुञ्जको विशेष टोलीले पक्राउ गरेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। 

पन्ध्र वर्षअघि दोषी ठहर भई खोजीको सूचीमा रहेका दराईलाई निकुञ्जले निगरानी गर्दै आएको थियो । दशैँ मान्न घर आएका बेला उनलाई घरैबाट पक्राउ गरिएको उनले बताए । 

उनीसँगै कैद तोकिएका केही व्यक्ति कैद भुक्तान गरेर छुटिसक्दासमेत दराई भारतमा लुकीछिपी बस्दै आएका थिए । दशैँमा घर आएको सूचना पाएपछि टोली पठाएर उनलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ । 

निकुञ्जले गएको आवमा विभिन्न घटनामा संलग्न रहेको आरोपमा ५५५ जनालाई पक्राउ गरेको थियो । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...