1478958692 banner ad format

 
 

पाल्पा- तिनाउ खोलामा आएको बाढीले गएराति जीप बगएको छ सो जिप बगाउँदा ४ जना बेपता भएका छन्। माथागढी-३ र तानसेन-९ को सीमानामा रहेको सराईस्थित तीनाउ खोलाले लु१ज १२१७ नम्बरको जीप बगाएको हो।

आइतबार साँझ देखिको अविरल वर्षाका कारण आएको बाढीले विहेको भोज खाएर फर्कँदै गरेका चार जनालाई बगाएको हो। आइतबार राति १ बजेको समयमा जीप बगाउँदा तानसेन-१ की उषा श्रेष्ठ, माथागढी-१ का तिलवीर गाहा र उनकी श्रीमती माया गाहा तथा पदमबहादुर कुँवर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जीप चालक शक्ति श्रेष्ठले खोलाको बिचमा जीप अड्कीएपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए। उनलाई जीपको छतबाट आफन्तहरुले उद्दार गर्न सफल भएको बताइएको छ। अन्यलाई जीप उद्दार गर्ने क्रममा जीप बाढीले बगाएको थियो।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। अत्याधिक वर्षा भैरहेकोले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ।

प्रकासित मिति

Loading...

 

yummyfood