1478958692 banner ad format

 
 

जितपुर (कपिलवस्तु) । कपिलवस्तुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार एकजनाको मृत्यु भएको छ । 

Accident Motorcycles

पूर्व—पश्चिम महेन्द्र राजमार्गको बुद्धभूमि नगरपालिका–२ बडहरामा पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख ११३१ नंको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु २० प ८६०६ नं मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दाङ जिल्ला साविक गोवरडिया–८ बस्ने वर्ष ३८ का भक्ति चौधरीको मृत्यु भएको हो । 

टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय, गोरुसिंगेका प्रहरी नायब निरीक्षक थमन खत्रीले जानकारी दिए । 

ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ

प्रकासित मिति

Loading...

 

yummyfood