हेटौँडा- टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ ले आयोजना गरेको वृहत ¥यालीमा गणेशस्थान टोल विकास संस्था अब्बल ठहरिएको छ । ४७ आँै विश्व वातावरण दिवसको अवसरमा सोमबार आयोजित वृहत ¥यालीमा सहभागी २२ टोल विकास संस्थामध्ये ३ संस्थालाई मूल्यांकन गरी पुरस्कृत गरेको थियो ।

111

गणेशथान प्रथम हुदाँ झोलुङ्गेपुल टोल विकास संस्था द्धितीय र सिमलटार टोल विकास संस्था तृतिय भए । प्रथम, द्वितीय र तृतीय भएकालाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको थियो भने सान्तव्ना भएको प्रगति बचत र लालिगुरास टोललाई नगद १/१ हजार रुपैयाँ प्रदान गरेको छ ।

हेटौँडाको नवलपुरको त्रिभुवन माध्यमिक विद्यालयबाट सुरु भएको ¥याली सिमलटारको विपन्न महिला बचत तथा ऋण सहकारीमा पुगी समापन भएको थियो । कार्यक्रममा उत्कृष्ट कृषकको रुपमा मधु अर्याल, देवि माया श्रेष्ठ , बिमला थापा र उत्कृष्ट महिला उधमी सासू बुहारी बेकरीका संचालक बिमला बर्तौला लाई सम्मान गरिएको थियो।

टोल विकास विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ नम्वर वडाका अध्यक्ष देवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा ११ नम्वर वडाका अध्यक्ष गोकर्ण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रम हेटौंडा ११ का वडा सदस्य जुना दाहाल, रामचन्द्र न्यौपाने, हेटौँडा उपमहानगरपालिकाका समाज कल्याण शाखाका प्रमुख हिमप्रसाद  पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...